Bisal Chautari Logo

कसरी भयो बस दुर्घटना ? तीन जनाको मृत्यु, १५ बढि घाइते (फोटो फिचर सहित)

- ३१ असार २०७०, सोमबार १७:०४ मा प्रकाशित


असार ३१ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस वडा नं। ४ जुगेखोला नजिक रात्री बस दुर्घटना हुादा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरु तीनै जना अर्घाखाची जिल्लाका यात्रुहरु रहेका छन् । प्रहरीका अनुसार अर्घाखाची जिल्ला नरपानी–४ का २२ वर्षिय पुरन बुढाथोकी, अर्घाखाचीकै थिन्जी गाविस वडा नं। १ का २६ वर्षिय राधा पौडेल र सीमपानी गाविसका ४० वर्षिय देवबहादुर पुन रहेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे –१ जुगेखोलामा भएको बस दुर्घटनामा उद्धार गर्दै प्रहरी र स्थानीयबासी । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तस्विर : विशाल चौतारी डटकम

अर्गाखाचीबाट काठमाण्डौ आउदै गरेको लु १ ख ७३३३ नम्बरको बस विहान साढे ५ बजे भएको दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको काठमाण्डौका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । हिजो अपरान्न अर्घाखाम्चीबाट यात्रु लिएर काठमाण्डौ आउादै गरेको बस सडकबाट करिब १५ मिटर तल खेतमा पुगेर दुर्घटना भएको हो । रातीदेखि नै निरन्तर पानी परिरहेको र सडकमा जमेको लेदो पानीमा चिप्लिएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।

उता बसमा सवार घाइतेहरुले भने बसमा एक जनामात्र चालक रहेको र अर्घाखाचीदेखिनै एकजनाले मात्र चलाएकोले चालक निदाएर दुर्घटना भएको बताएका छन् । दुर्घटनामा परेर पनी बााचन सफल भएका प्यूठानका रुकबहादुर रेशमी मगरले भने १०१५ मिटर अगाडि देखिनै बस छेउछेउ हिडेको थियो, ड्राइभरले वास्तै गरेन, कराउदा कराउदै बस खस्यो ।’ दुर्घटनामा चालक र सहचालक भने सकुसल रहेको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रहरी निरिक्षक आनन्द लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  तस्विर : विशाल चौतारी डटकम
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे –१ जुगेखोलामा दुर्घटनाग्रस्त बस । तस्विर : विशाल चौतारी डटकम

प्रतिक्रिया