Bisal Chautari Logo

सोनाम राई भइन् मिसेस मंगोल नेपाल–२०१६ (भिडियो तथा फोटोफिचरसहित)

- २४ असार २०७३, शुक्रबार ०१:४९ मा प्रकाशित


sonam rai || Mrs Mongol Nepal 2016 winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ २३ बिहिबार । १४ प्रतिस्पर्धीहरुलाई उछिन्दै सोनाम राई ‘मिसेस मंगोल नेपाल–२०१६’ भएकी छिन् । सोनामले सबटाइटलमा बेस्ट स्माइलपनि जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सोनामले उपाधी जितेकी हुन् ।
sonam rai  Mrs Mongol Nepal 2016 winner (20)आज अषाढ २३ बिहिबार साझ जमलस्थित राष्ट्रिय नाचघरमा भएको ग्रान्ड फिनालेमा सोनाम ‘मिसेस मंगोल नेपाल–२०१६’ घोषित भइन् । सोनाम ‘मिसेस मंगोल नेपाल–२०१६’ घोषित हुदा फस्ट रनरअपको उपाधी मनिका राईले जितिन् । त्यस्तै क्रमश: सेकेन्ड रनरअपको उपाधी जेनिफर बज्राचार्य, थर्ड रनरअपको उपाधी प्रतिमा राई बान्तावा र फोर्थ रनरअपको उपाधी निमा योञ्जि शेर्पाले जितिन् ।
sonam rai  Mrs Mongol Nepal 2016 winner (25)एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको बिजेता सोनमलाई ताजसंगै क्यास प्राइज ३५ हजार र मनकामना टुरसंगै विभिन्न गिफ्टह्याम्परहरु प्रदान गरिएको थियो । फस्ट रनरअप, सेकेन्ड रनरअप, थर्ड रनरअप र फोर्थ रनरअप बिजेताहरुलाई ताजसंगै विभिन्न गिफ्टह्याम्परहरु प्रदान गरिएको छ ।
मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको मिसेस मंगोल नेपाल–२०१६ को सबटाइटलमा क्रमश: बेस्ट ट्यालेन्टको उपाधी निमा योञ्जि शेपा, बेस्ट फोटोजेनिक प्रतिमा राई, बेस्ट पर्सानालिटि लक्ष्मि घिसिङ लिम्बु, बेस्ट क्याटवाल्क प्रतिमा वान्तावा राई, बेस्ट डिसिप्लेन कमला लामा, बेस्ट स्किन योगिता सम्वाहाम्फे लिम्बु, बेस्ट हेयर किरण थापा मगरले जितेकी छिन् । त्यस्तै मोस्ट एक्टिभ मेनुका गुरुङ, मोस्ट स्टाइलिस प्रतिमा बान्तावा राई, मोस्ट बब्लि पुजा महर्जन, मोस्ट स्मार्ट निर्माया लामा, मोस्ट चार्मिङ जेनिफर बर्जाचार्य, मोस्ट कन्फिडेन्ट सोनिया लामा, मोस्ट इनोसेन्ट रिता गुरुङ, मोस्ट इन्टेलिजेन्ट मानिका राई, मोस्ट पपुलर योगिता सम्वाहाम्फे लिम्बु र बेस्ट ड्रेस मनिका राईले सबटाइटल अन्र्तगत जितेका छन् ।
sonam rai  Mrs Mongol Nepal 2016 winner (23)अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाको साथमा अभिनेत्री पुजना प्रधान, मोडल तथा अभिनेता दिक्पाल कार्की, निर्देशक शोभित वस्नेत र क्पापिटल क्विन नेपालका विजेता लिला राई रहेका थिए । विजेताहरुलाई एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, एमाजोन इन्टरटेन्मेन्टकै अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, निर्णायकहरु तथा विशाल चौतारी डटकमका प्रधान सम्पादक विशाल राई लगायतले ट्रफी र ताज पहिराईदिएका थिए ।
चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती तथा र्‍याम्पमा मोडलहरु उतारिएको थियो ।

बिजेताहरुको तस्बिर क्रमश हेर्नुहोला : 

sonam rai  Mrs Mongol Nepal 2016 winner (21)

sonam rai  Mrs Mongol Nepal 2016 winner (22)

sonam rai  Mrs Mongol Nepal 2016 winner (24)

sonam rai  Mrs Mongol Nepal 2016 winner (20)

sonam rai  Mrs Mongol Nepal 2016 winner (1)

sonam rai  Mrs Mongol Nepal 2016 winner (19)

sonam rai  Mrs Mongol Nepal 2016 winner (18)

sonam rai  Mrs Mongol Nepal 2016 winner (17)

sonam rai  Mrs Mongol Nepal 2016 winner (16)

sonam rai  Mrs Mongol Nepal 2016 winner (15)

sonam rai  Mrs Mongol Nepal 2016 winner (14)

sonam rai  Mrs Mongol Nepal 2016 winner (13)

sonam rai  Mrs Mongol Nepal 2016 winner (12)

sonam rai  Mrs Mongol Nepal 2016 winner (11)

sonam rai  Mrs Mongol Nepal 2016 winner (10)

sonam rai  Mrs Mongol Nepal 2016 winner (9)

sonam rai  Mrs Mongol Nepal 2016 winner (8)

sonam rai  Mrs Mongol Nepal 2016 winner (7)

sonam rai  Mrs Mongol Nepal 2016 winner (5)

sonam rai  Mrs Mongol Nepal 2016 winner (4)

sonam rai  Mrs Mongol Nepal 2016 winner (3)

sonam rai  Mrs Mongol Nepal 2016 winner (2)

sonam rai  Mrs Mongol Nepal 2016 winner (6)

प्रतिक्रिया