Bisal Chautari Logo

किन दिएन अमेरीकाले अभिनेता आर्यनलाई भिसा ?

- ४ श्रावण २०७०, शुक्रबार ०९:५३ मा प्रकाशित


साउन काठमाडौ । नेपालि कलाकारहरुको धेरै जनाको सपना अमेरीका हुने गरेको छ । त्यस्तै पछिल्लो समयमा नेपालि चलचित्र क्षेत्रका चकलेटि हिरोको रुपमा परिचित अभिनेता आर्यन सिग्देललाई अमेरिकाले भिजा दिन अस्विकार गरेको छ ।
एक चलचित्रको सुटिङका लागि अमेरिका जाने तयारीमा रहेका चकलेटि अभिनेता आर्यनलाई भिजासाका कारण अमेरीका जाने प्रकृया रोकिएको हो । अभिनेता आर्यन सिग्देलले आफूले एक चलचित्रको सुटिङका लागि लागि अमेरिका जान भिजा एप्लाई गरेको अनलाईनखबरलाई बताएका छन् । तर नेपालि चलचित्र क्षेत्रका यति चर्चित कलकाकारलाई किन अमेरीका जान रोकियो त ! नेपालि कलाकारहरु अमेरिका  पुगेर उतै लुक्दा चचिर्त अनुहारहरुलाई पनि भिसा दिन अमेरिकी राजदुतावासले आनकानी गरिरहेको हुन सक्ने बुभिएको छ । यस्तै रोकावटमा अभिनेता आर्यन मात्र होईन अन्य चर्चित अनुहारहरुपनि पर्ने गरेका छन् । तरपनि एउटा चलचित्रको सुटिङका लागि यत्तिका चर्चित कलाकारलाई भिसाबाट रोकिदा चलचित्र क्षेत्रकै बदनाम भईरहेको छ । अमेरीका दुतावासले सहि कलाकारलाई बुझेर मात्र  अमेरीका पठाउने गरे नेपालि कलाकारकोपनि सम्मान हुने थियो कि !


प्रतिक्रिया