Bisal Chautari Logo

अभिनेतादय शाहरुख र सलमान खानले ५ वर्षपछि दुस्मनि तोडे (भिडियोपनि हेर्दुहोस्)

- ७ श्रावण २०७०, सोमबार ०३:०७ मा प्रकाशित


बलिउडका अभिनेतादय शाहरुख खान र सलमान खान एकअर्काको दुस्मनिका कारण करिव पाच वर्ष यता उनिहरुको बोलचाल बन्द भएको थियो । तर सो दुश्मनी पाँच बर्षपछि भने समाप्त भएको छ । अभिनेतादय खानले आइतबार साँझ एक आपसको अँगालोमा बाँधिएर आफूहरुबीचको मनमुटाव समाप्त पारेको भारतिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । मुम्बईमा हिजो आइतबार साँझ काग्रेस विद्यायक बाबा सिद्धिकीले आयोजना गरेको इफ्तार पार्टीमा दुई खानबीचको सम्बन्धले नयाँ रुप लिएको हो ।

अभिनेतादय दुई खानहरुविच सन् २००८ मा कैटरिना कैफको जन्मदिनमा भएको झगडाले एक अर्काबीचको बोलचाल नै बन्द भएको थियो । पार्टीमा सलमानका बुबा सलीम खान, मुख्य मन्त्री पृथ्बीराज चब्हाणसहितका व्यत्तिहरुको सहभागिता थियो । दुई खानबीचको मिलनपछि पार्टीमा सहभागिहरु सबै खुसी हुदै तालि बजाएर दुई खानको मिलनको स्वागत गरेका थिए । एजेन्सि

प्रतिक्रिया