nepal national film award 2015 best actor dayahang rai and Namrata Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १६ बिहिबार । अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका अभिनेता दयाहाङले अहिलेसम्म तीन चलचित्रबाट राष्ट्रिय अवार्ड हात पारे । पुरस्कार आज अषाढ १६ गते बिहिबार राष्ट्रपति विद्या भण्डारीले हस्तान्तरण गरेकी छिन् ।
फाइल तस्बिर : अभिनेता दयाहाङ राईको गत वर्ष राष्ट्रिय चलचित्र पुरस्कारको हो भने अभिनेत्री नम्रता श्रेष्ठको तस्बिर फेसबुकपेज मार्फत
२०६६ सालमा उत्कृष्ट सह अभिनेतामा ‘दासढुङ्गा’ फिल्मबाट राष्ट्रिय पुरस्कार पाएका दयाहाङले गत बर्ष चलचित्र ‘सम्बोधन’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए । बर्ष २०७२ मा प्रदर्शित चलचित्र ‘कबड्डी कबड्डी’बाट उत्कृष्ट अभिनेताको विजेता छनोट भएसगै उनले ह्यट्रिक पुरा गरेका हुन् ।
त्यस्तै यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेत्री नमता श्रेष्ठले उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । उत्कृष्ट अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठलाई सरकारले पुरस्कृत गरेको छ ।
यस्तै पशुपतिप्रसाद उत्कृष्ट चलचित्र बनेको छ । सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने पुरस्कृत भएका छन् । त्यस्तै निर्देशनमा पशुपतिप्रसादबाटै दिपेन्द्र के खनालले पुरस्कृत भएका छन् । आदिवासी चलचित्रतर्फ गुरुङ भाषाको इम्पो देउराली पुरस्कृत भएको छ भने नव निर्देशकमा ड्रिम्सबाट भुवन केसीलाई पुरस्कृत गरिएको छ । लाईफ टाईम अचिभमेन्ट अवार्डबाट बरिष्ट अभिनेत्री बसुन्धरा भुषाललाई ३ लाख ५१ हजार १ सय ११ रुपैयााको धन राशी सहित पुरस्कृत गरिएको छ ।
बिधा र पुरस्कृत
फिल्म: पशुपति प्रसाद
निर्देशन: दीपेन्द्र के खनाल (पशुपति प्रसाद)
पटकथा: खगेन्द्र लामिछाने (पशुपति प्रसाद)
अभिनेता: दयाहाङ राई (कबड्डी कबड्डी)
अभिनेत्री: नम्रता श्रेष्ठ (क्लासिक)
नवनिर्देशन: भूवन केसी (ड्रिम्स)
छ्यांकन: पुरुषोत्तम प्रधान र संजय लामा (ड्रिम्स)
सम्पादन: सुरेन्द्र पौडेल (क्लासिक)
दीर्घसाधना सम्मान: बसुन्धरा भूषाल
आदिवासी जनजाति: यूम्पो धेउराली (गुरुङ)
चलचित्र विकास बोर्डले २७ जना कलाकारहरुलाई वरिष्ठ चलचित्रकर्मीको सम्मान दिएको छ । यसअघि १३ जनालाई वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गरिएको थियो ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र २७ जनालाई वितरण गरे । राष्ट्रिय चलचित्र पुरस्कार घोषणा कार्यक्रममा दयाहाङ राईले उत्कृष्ट अभिनेता र नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको सम्मान पाए । वरिष्ठ चलचित्रकर्मीको सम्मान पाउनेहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश, राजेश हमाल, बसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्ऽ खड्का, प्रदिपकुमार उपाध्याय र शिव श्रेष्ठ छन् । यसैगरी रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले पनि सम्मान पाएका छन् । करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझालाई मन्त्री राईले वरिष्ठ चलचित्रकर्मीको रुपमा सम्मान गरेका छन् ।
प्रतिक्रिया