Bisal Chautari Logo

क–कस्लाई मायाले बोलाउछ हेरौ

- ८ श्रावण २०७०, मंगलवार ११:२४ मा प्रकाशित


काठमाडौ । नवनारी मिडियाले सांगीतीक क्षेत्रमा पनि हात हाल्दै मायाले बोलाउछ नामक  एल्बम बजारमा ल्याएको छ । रविन्द्र आशिष शैलीको एकल शब्द तथा बिनोद पर्साईको एकल संगीत रहेको यो एल्बममा रोमान्टिक, सेन्टी मेन्टल र राष्ट्रभाव किसिमका गितहरु गरी सात वटा गीत समावेश गरीएको छ । एल्वममा गायक गायिका राजेश पायल राई, अन्जु पन्त, दिपक लिम्बु, मनिषा पोखरेल, सहिमा श्रेष्ठले स्वर दिएका छन् ।
एल्बम मायाले बोलाउछमा तिम्रो यादले सताउछ, बाटोमा हिड्दा, हातमा चुरा मुख रैछ छुरा, मेरो मनको आगनमा, हाास्दा तिमी हाासि दिन्छु, पहाडमा जन्मेको म लगायतका गीत र दुइवटा म्युजिक ट्रयाकपनि समावेश गरिएको छ ।

प्रतिक्रिया