Bisal Chautari Logo

यौनका बारेमा दिनमा एक चोटि सोच्ने गर्छु

- ९ श्रावण २०७०, बुधबार ०६:०२ मा प्रकाशित


नीता ढुंगाना (अभिनेत्री) 
विशालसंग फन्नि संवाद 
तपाईंले देखेको सबैभन्दा हासउठ्दो मान्छे को हो ?
राजेश हमाल ।
कसैले गालामा एक थप्पड हान्न छुट दिए कसलाई हान्ने ?
ओ..हो, त्यसरी थप्पडै हान्न छुट पाए त आर्यन सिग्देललाई हान्थे, तर माया गरेर ।
तपाईंले गाली गर्दा प्रयोग गर्ने छाडा शब्द के हो ?

मास्साले ।

चन्द्ररमामा जान पाए ब्वाईफ्रेण्डबाहेक कसलाई लैजाने ?
अर्को ब्वाईफ्रेण्ड बनाएर लैजान्थे नि ।
केहीबेरलाई कुकुर हुन पाए कसलाई टोक्नुहुन्छ ?
देशका नेताहरुलाई ।
तपाईंलाई सबैभन्दा मन पर्ने टिभी च्यानल कुन हो ?
इमेज च्यानल ।
तपाईंले हेरेको सबैभन्दा झुर फिल्म कुन हो ?
आफैले अभिनय गरेको चलचित्र म बिर्सौ कसरी ।
आफ्नो शरीरबाट एउटा अंग हटाउनुपर्ने बाध्यता आए ?
कपाल हटाउथे ।

तपाईं एक दिनमा कति समय यौनबारे सोच्नुहुन्छ ?
मात्र एकपटक ।
पत्याउलान् त अरुले ?
पत्याउने किसिमले किन भन्नुपर्‍यो र ? हा..हाहाहा..।
तपाईं जीवनमा सबैभन्दा धेरै हास्नु भएको घटना कुन हो ?
केहि समय अगाडि भएको मेरो बाइक एक्सिडेन्टमा ।
सबैभन्दा नमीठो लागेको खानेकुरा ?
मासु ।

प्रतिक्रिया