Bisal Chautari Logo

गज्जव छ वा अविवाहितहरुलाई !

- १० श्रावण २०७०, बिहीबार १२:३७ मा प्रकाशित


काठमाडौ । अविवाहितहरुको हलिउडमा मात्र होईन यहा नेपालि चलचित्र क्षेत्रमापनि पछिल्लो समय विवाह नगरेका कलाकारहरुलाई जोडिकै रुपमा चिनिन्छ । त्यस्तै अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्का जोडीकै रुपमा पछिल्लो समय चिनिदै आएका छन् ।
गत शनिवार नेपालि चलचित्र ५० वर्ष पुगेको उपलक्षयमा मनाईएको अवार्ड महोत्सवमा उनिहरुको सम्वन्धबारे चर्चापनि भएको थियो ।  चलचित्रको पर्दादेखि सहकार्य गरिरहेका उनीहरुले सम्बन्धलाई औपचारिकता (विवाह) मात्रै दिन बाँकी रहेकोपनि चलचित्र क्षेत्रमा बताइन्छ । कार्यक्रममा जब फोटोग्राफरले उनीहरुतिर लेन्स तेस्र्याएर फ्ल्यास झिलिकमिलिक पार्न थाले, श्वेताले हिँडाइको गति बढाएर श्रीकृष्णको बाहु पक्रिइन् । यस्तो गरेर स्वेताले भन्न खोजेकी के होलिन् ? त्यहाँ उनिहरुको बारेमा लख काटिँदै थियो,‘विवाह नगरे पनि नछुट्टिने जोडी हौँ भन्न त खोजेकी होइनन् स्वेताले ! जे भएपनि जजजव छ वा, अविवाहितहरुलाई !’ सत्य कुरा त स्वेताबाहेक कसलाई थाहा हुन्छ र ?

प्रतिक्रिया