Basanta Sapkota song Kyaram Ta Ni Ft.Paul shah & Nita Dhungana
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ २९ शनिबार । नेपाली संगीत आकाशका सफल नाम हो बसन्त सापकोटा । सिनेमा तथा आधुनिक गीत संगीतमा उनका सयौँ हिट गीतहरु छन् । उनै संगीतकार बसन्तले क्यारम त नि बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
दिपेन्द्र केसीले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेता पल शाह र चर्चित अभिनेत्री नीता ढुंगानाको जोडी बाधिएको छ । उक्त गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
साङ्गीतिक क्षेत्रमा आउन भन्दा अगाडी गायक नै रहेका संगीतकार सापकोटालेको स्वरले नेपाली संगीतमा नौलो पन भने दिने देखिन्छ । क्यारम त नि गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् । यसै गीत मार्फत नेपाली सांगीतिक उद्धयोगमा पुनरागमन भएको कालिन्चोक डिजिटल यसअघी कालिन्चोक क्यासेट सेन्टरको नामले प्रख्यात थियो भने सयौं हिट लोक गीतहरु दिईसकेको छ ।
प्रतिक्रिया