Bisal Chautari Logo

अम्बरको वियोगमा पत्नी बिनाको बिलौना ‘सँगै बाच्ने सँगै मर्ने भन्थ्यो, एक्लै छाडेर गयो’ (भिडियो सहित)

- २६ जेष्ठ २०७३, बुधबार ०२:५५ मा प्रकाशित


Ambar gurung death wife bina crying
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ जेठ २६ बुधबार । काठमाडौको धापासीस्थित ग्रान्डी अस्पतालले मंगलबार बिहान २ बजेर ३७ मिनेटमा वरिष्ठ संगीतकार अम्बर गुरुङ मृत्यु भएको घोषणा गर्‍यो । तब उनकी जीवनसंगिनी बीना गुरुङ आफूलाई सम्हाल्न सकिनन् ।
Ambar gurung death wife bina crying६२ वर्ष लामो अम्बरसंगको साथ छुट्दा उनको वियोगमा पत्नी बिना बिलौना गरिरहेकी थिइन्, सगै बाच्ने, सगै मर्ने भन्थ्यो, एक्लै छाडेर गयो । प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको पार्थिव शरीर नजिकै बसेर बीना घरी घरी, सम्झी सम्झी भक्कानिन्थिन् । ६२ वर्षसम्म जोडीले एकअर्कालाई साथ दिएकै थिए ।
Ambar gurung death wife bina crying (2)विक्रम संवत् २०११ सालमा आफू जन्मिएको ठाउ दार्जिलिङमै अम्बरले भेट्टाएका थिए आफ्नो प्रेम । पछि यो जोडीले लभ म्यारिज गर्‍यो । बीना सिह, अम्बर गुरुङ । त्यो समयमा पनि अन्तरजातीय विवाहको आाट गरेर उनीहरुले जोखिम मोलेका थिए । प्यारालाइसिसका कारण थलिएकी बीना अरुको सहारामा मात्र हिडडुल गर्न सक्छिन् ।

Ambar gurung death wife bina crying (4)

Ambar gurung death wife bina crying (3)

Ambar gurung death wife bina crying (1)

प्रतिक्रिया