Bisal Chautari Logo

सफा खानेपानी धारामा कुखुराको आन्द्रा

- १३ श्रावण २०७०, आईतवार ०७:५७ मा प्रकाशित


१३ साउन, उदयपुर । शुक्रवार विहान नेपालटार घर भई त्रियुगा नगरपालिका २ संगमटोलमा डेरागरि बस्ने एलिजा भण्डारी ब्रस गर्दै धारमा पुगिन र ब्रस भिजाउन धारा खोलेर ब्रस थाप्दा एक्कासि ब्रसमै झर्‍यो कुखुराको आन्द्रा जस्तै अखाद्यय बस्तु । यो बास्तविक हो, त्रियुगा साना शहरी खानेपानी उपभोत्ता समितिले वितरण गरेको पानीमा यस्तो अखाद्यय वस्तु फेला परेको हो ।

जाल्पा युवा समुह, स्थानीय विकास मञ्च, युवा गैसस महासंघ लगाएतका कार्यालय रहेको त्रियुगा नगरपालिका २ संगमटोल स्थीत उक्त घरको धारमा यस्तो अखाद्यय वस्तु फेला परेको हो । यी संस्था मात्र होईन जिल्ला विकास समिति उदयपुरका लेखा अधिकृत फइन्द्र श्रेष्ठपनि सोहि धाराको पानी प्रयोग गर्दै आईरहेका छन् । विहानै उक्त बस्तु टुक्रिएर धाराबाट झर्‍यो, मैले सवैलाई खबर गरो सोहि घरमा डेरागरि वस्ने मुर्कुचिका अनिल खड्काले भने– त्यसपछि त धाराको पानी खानैमन लागेन् । त्यसको केहि क्षेण सम्म सरासर सोहि वस्तु मात्र झर्‍यो त्यो देखेर कसैलेपनि धाराको पानी खाएका छैनौा, जाल्पा युवा सुमुहका रुद्र पोखरेलले भने । दुषित पानीका कारण संक्रमण बढ्ने सम्भावना प्रवल रहेको बेला खानेपानी आयोजनाले पानी सुद्धिकरण र नियमित परिक्षण नगर्दा सर्वसाधारणहरुले दुषित पानी खान बाध्य भएको पोखरेलको भनाई छ । आयोजनाले हज्जारौ सर्वसाधारणहरुको प्यास मेटाईदिएपनि दुषित पानीका कारण सर्वसाधारणहरु विरामि पर्न थालेको उनको भनाई छ । पानी खान योग्यनै छैन, पोखरेलले थपे–पानीमा यस्तो फोहोर रहेछ, त्यहि भएर अस्ति म पखालाले दुई दिन थलिए । धारमा अखाद्य बस्तु देखेपछ उक्त घर आसपासका सर्वसाधारणहरु धाराको पानी प्रयो गर्न छाडेका छन् भने आईरन मिसिएको ट्युवेलको पानी खाईरहेका छन् । त्रियुगा साना सहरी आयोजनाको मात्र होईन जिल्लामा सञ्चालनमा आएका अधिकाास खानेपानी आयोजनाहरु दुषित नै भएको पाईएको छ । नियमित सरसफाई, परिक्षण र निगरानी अभावका कारण सर्वसाधारणहरु कोलिफम (दिसामा हुने जिवाण्ुा) लगाएत खान अयोग्य पानी खाएर बााच्न बाध्य भएका छन् । पटक पटक कमजोर गर्दै आएको साना सहरीले पानी सुद्धिकरण गर्न नसक्दा सर्वसाधारणहरु मारमा परेको उपभोक्ताहरु बताउाछन् । पानीमा विष हाल्ने, फोहोर बस्तु मुहानमा फाल्ने लगाएतका घट्नाहरु बारम्बार दोहिरीदा आयोजनाले भने पानी सुद्ध भएको दावि गर्छ । यसरि खान अयोग्य पानी वितरण गर्दा यसको नियमित परिक्षण नगर्दा स्वास्थ्यको जोखिम मोलेस सर्वसाधारणहरु पानी खाईरहेको पोखरेलले बताए । यस विषयमा त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर वस्तेनले धारामा अखाद्या बस्तु आउन सम्भावना नै नभएको र कल्पनै गर्न नसक्ने कुरा रहेको बताए । उनले मेरा प्रयासमा लाखौा लागनी खर्च गरेर मुहान व्यवस्थित गरेको बतउदै असुद्ध हुने सम्भावनानै नरहेको बताए । मुहान व्यवस्थित छ, पानी फिल्टरिङ भएर सप्लाई हुन्छ, पानीको मुहानबाट सीयो छिर्ने छााउ छैन अध्यक्ष वस्नेतले भने–पानी पूर्ण रुपमा शुरक्षित छ । प्रत्यक तीन तीन महिनामा पानी परिक्षण गर्दै आएका छौा पानीमा कुनै संका लाग्छ भने तपाई आफै मुहानमा गएर हेर्न सक्नु हुन्छ । खानेपानी जस्तो संबेदनशिल र मान्छेको जीवनमा प्रत्यक्ष जोडिएको विषयमा म सजग छु यसमा संकै मान्नु पर्दैन ।

प्रतिक्रिया