Bisal Chautari Logo

चार मध्ये कुन चलचित्र ओस्कार छनौटमा जाला ?

- १४ श्रावण २०७०, सोमबार १४:२७ मा प्रकाशित


१४, साउन काठमाडौ । विश्वकै लोकप्रिय चलचित्र अवार्ड ओस्कार अवार्डका लागि नेपालबाट यसवर्ष सुनगाभा, साघुरो, शिरिषको फुल र बधशाला रहेको छ । विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले ओस्कार फिल्म फेष्टिभलमा पठाइने चार वटै फिल्मलाई हेरेको छ । यी चारओटै चलचित्रहरु नेपालमा प्रदर्शन भैसकेका चलचित्रहरु हुन् ।

नेपाली छनोट समितिले ओस्कार समितिलाई सोधेको जिज्ञासाको जवाफ आएपछि यही साता चार मध्ये एक फिल्मलाई छनोट गर्ने छनौट समितिले बनाएको छ । सिफारिस गरिएको चलचित्रलाई आउदो असोज २५ गतेसम्म लस एञ्जल्समा पठाई सक्नुपर्ने छ । नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्म ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ । त्यहाबाट पनि छनौट भएमा मात्र ओस्कारको विदेशी भाषी फिल्म पुरस्कारको नोमिनेशनमा पर्नेछ ।
चलचित्र विकास वोर्डमा हेरिएका चलचित्रको छनोट समितिमा अध्यक्ष विमल पौडेल, लक्ष्मिनाथ शर्मा, प्रदीप प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली रहेका छन् ।

प्रतिक्रिया