Priyanka Karki ft CHHAKKA PANJA Movie Song Purba Pashchim Rail record break
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १६ आइतबार । चर्चित हास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल बोलको गीत १ दिनमा १ लाख बढीले हेरिसकेका छन् । उता ७८ लाखले हेरिसकेको वडा नम्बर ६ को ‘सुर्के थैली’ बोलको गीतलाई पनि छोटो समयमा धेरै हेरिएको भिडियोमा रेकर्ड तोडेको छ । ‘सुर्के थैली’ गीतलाई युट्युवमा एक दिनमा १० हजारले मात्र हेरेका थिए । नेपाली चलचित्रमा कुनै पनि गीतको भिडियोलाई यति धेरै पटक यति छोटो अवधीमा हेरिएको पनि यो पहिलो रेकर्ड हो ।
हिजो बेलुकी सार्वजनिक गरिएको गीतमा ‘सुर्के थैली’ संगीतकार राजनराज शिवाकोटीकै संगीत रहेको छ । यो गीतमा अन्जु पन्त र राजनराजको स्वर रहेको छ । लोक शैलिको उक्त गीतमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।
‘सुर्के थैली’कै झझल्को दिने यो गीतको कोरियोग्राफी कविराज गहतराजले नै गरेका हुन् । यो चलचित्र भदौ २४ गते प्रदर्शनमा आउदैछ ।
Song’s Title: Purba Paschim Rail
Vocal: Rajan Raj Shiwakoti-Anju Panta
Lyrics: Rajan Raj Shiwakoti
Music : Rajan Raj Shiwakoti
Arranger : Rajan Ishan
Recording-Mixing: Shyam Swet Rashaili
Colorist : Kapil Parajuli
Editor : Bipin Malla
Choreography : Kavi Raj Gahatraj
Camera : Purushottam Pradhan
Producer : Aama Saraswoti Gita Devi Films
Director : Deepa Shree Niroula
प्रतिक्रिया