Bisal Chautari Logo

रेखासंगै धुर्मुस–सुन्तली, वील्सन र दयारामलाई सरकारको ‘प्रवल जनसेवा श्री’ सम्मान (भिडियोसहित)

- १६ जेष्ठ २०७३, आईतवार ०७:०८ मा प्रकाशित


rekha thapa, sitaram kattel, kunjana ghimire,  Wilson Bikram Rai and dayaram Government to honors
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १६ आइतबार । गणतन्त्र दिवसमा सरकारले ५ जना चलचित्रकर्मीहरुलाई सरकारी मानपदवीले सम्मान गर्ने घोषणा गरेको छ । हिजो सार्वजनिक बजेट भाषणमा अभिनेत्री रेखा थापा, हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), हास्य कलाकार वील्सन विक्रम राई (तोक्मे बुढा) र निर्देशक दयाराम दाहाललाई सरकारले ‘प्रवल जनसेवा श्री’ दिने घोषणा गरेको हो ।
rekha thapa, sitaram kattel, kunjana ghimire,  Wilson Bikram Rai and dayaram Government to honorsयसैगरी सरकारले गीतकार एवम् उन्नती बोहरा शिलालाई ‘सुप्रवल जनसेवा श्री’ दिनेभएको छ । ????????शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको थियो । सम्मानित हुने चलचित्रकर्मी एवम् गीतकारलाई नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान प्रदान गर्नेछिन् ।

रेखा थापा (अभिनेत्री) :
rekha thapa Government to honors१६ वर्षको उमेरमै ‘हिरो’ चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री रेखा थापा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी नम्बर एक अभिनेत्रीको दौडमा दौडिरहेकी छिन् । अभिनेत्री रेखा थापा अभिनय मात्र नभएर समाजसेवामा पनि अगाडी छिन् । गत वर्ष गएको विनाशकारी भुकम्पमा अभिनेत्री रेखा थापाले धेरै भुकम्प पिडितहरुलाई सहयोग गरिन् । रेखा थापा फाउण्डेशन स्थापना गरेर रेखाले राउटे समुदायलाई पनि सहयोग गरिन् ।
rekha thapa Government to honors-1अभिनेत्री रेखाले दुई सयको हाराहारिमा अभिनय गरेको प्राय सबै सिनेमाहरु व्यापारिक रुपमापनि सफल छन् । उनले पछिल्लो समय बनाइरहेको चलचित्रहरुले नारी सशक्तिकरणको आवाज उठाउने गरेका पाइन्छ । अभिनेत्री रेखा थापा समाजको शोषित महिला वर्गको लागि प्रेरणाको श्रोत हुन् ।
सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ (हास्य कलाकार ) :
sitaram kattel, kunjana ghimire Government to honors (1)लामो समयदेखि साप्ताहिक हास्य व्याङ्ग्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट दर्शकको मन जितेका ‘धुर्मुस र सुन्तली’को जोडी गत वर्ष गएको विनाशकारी भूकम्प प्रभावितको बस्ती पुर्ननिर्माण गर्ने कार्यमा सक्रिय छ । भुकम्पबाट प्रभावितहरुका लागि पहिलो नमुना बस्ती निर्माण गरेर पुन: दोस्रो बस्तीको काभ्रेको गिरान्चौरमा अर्को वस्तीको पुर्ननिर्माणमा व्यस्त छन् । उनीहरुलाई अहिले ‘रियल हिरो’को रुपमा लिने गरिन्छ ।
विल्सन विक्रम राई ‘तोक्मे बुढा’ (हास्य कलाकार) :
Wilson Bikram Rai  Government to honors (1)हास्य कलाकार विल्सन विक्रम राई हास्य व्याङ्ग्य क्षेत्रमा परिचित नाम हो । उनले निभाएको ‘तक्मे बुढा’ भूमिका दर्शकमाझ हिट छ । देश तथा विदेशका कार्यक्रमहरुमा उनको व्यापक माग हुने गर्दछ । उनले आफ्नो कमाईको केही भाग सामाजिक सेवामा लगाउने कार्य गर्दै आइरहेका छन् ।
दयाराम दाहाल (निदेशक) :
झण्डै दुई दशकदेखि नेपाली चलचित्र निर्देशनमा रहेका दयाराम दाहालले थुप्रै व्यापारिक हिट सिनेमाहरु दिएका छन् । उनले विशेषत: पारिवारिक र प्रेमको विषयमा चलचित्र निर्देशन गर्दछन् ।

प्रतिक्रिया