rekha thapa fans in Bara, nepal
विशाल चौतारी समाचार
तस्बिरहरु : अभिनेत्री रेखा थापाको फेसबुक
काठमाडौ, २०७३ जेठ १४ शुक्रबार । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी नम्बर एक अभिनेत्रीको दौडमा दौडिरहेकी अभिनेत्री रेखा थापाको स्टार पावर अझ बढ्दै गएको देख्न सकिन्छ । चलचित्रको प्रर्दशन होस् या त सुटिङमा जादा दर्शकले घेर्ने गरेका छन् ।
यही क्रममा अभिनेत्री रेखा थापालाई दर्शकले घेरेपछि चलचित्र ‘पलाास’को सुटिङ रोकिएको छ । गत बिहिवार बाराको निजगढमा सुटिङ तयारी गर्दै गर्दा दर्शकको भिड बढेपछि निर्माण पक्षले सुटिङ स्थगित गर्नुपर्यो । सुभाष कोइरालाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पलाास’मा रेखाले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।
एक सातादेखि बारामा रहेकी रेखाले हरेक दिन दर्शकबाट घेरिएरै सुटिङ गर्नु परेको छ । दर्शकबाट घेरिदा रमाइलो लागे पनि सुटिङ नै नहुदा भने मज्जा नहुने धारणा अभिनेत्री रेखाले दिइन् । सुटिङ रोकिएपछि दर्शकसँग कुरा गरेर बसेकी रेखासंग दर्शकहरुले सेल्फि हान्न भ्याएका थिए । उता सुरक्षामा खटिएका प्रहरीहरुपनि अभिनेत्री रेखासँग तस्बिर खिचाउनमा ब्यास्त देखिन्थे ।
निर्मात्री कृषा चौलागाइका अनुसार रेखा बारा पुगेको पहिलो दिन पनि दर्शकले घेरेर छायांकन गर्न नपाइएको बताइन् । यो चलचित्रमा रेखाको साथमा कामेश्वर चौरासिया, अयुव केसी मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया