Bimal Gharti Magar sister’s manisha death 24 hours from Belgium back to Nepal
विशाल चौतारी समाचार
तस्बिर : इकान्तिपुर
काठमाडौ, २०७३ जेठ १४ शुक्रबार । बेल्जियममा रहेका चर्चित राष्ट्रिय फुटबलर बिमल घर्तिमगरको १७ वर्षीय बहिनी मनीषाको बिहीबार शंकास्पद मृत्युको खबर सुनेको २४ घण्टामा बेल्जियमबाट नेपाल फर्केर सिधै शिक्षण अस्पताल पुग्दा विमल आमासंग भक्कानिए ।
शुक्रबार शिक्षण अस्पताल महाराजगन्जको दृश्यले त्यहा जुटेका धेरैका आखा रसाए । बेल्जियमबाट फर्केका विमल र उनकी आमा परिवारको प्रीय सदस्य गुमाउनुको अथाहा पीडामा थिए । विमल आमालाई सम्हाल्न खोज्थे तर आफौ सम्हालिन हम्मे पथ्र्यो । केहीपछि विमल सम्हालिए पनि आमा धनकुमारी मुर्छित थिइन् । उनलाई विमलले पटक पटक सम्झाउने कोशिस गर्दै थिए ।
नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विलम बहिनीको मृत्युको खबर सुनेको २४ घण्टामा बेल्जियमबाट नेपाल फर्केका छन् । नवलपरासीस्थित बर्दघाटमा बहिनी मनीषाको रहस्यमय मृत्यु भएपछि उनको शव जिल्ला अस्पताल परासी हुदै पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ । शुक्रबार फर्केका विमल सोझै शिक्षण अस्पताल पुगेर आमा र आफन्तलाई भेटेका छन् ।
प्रतिक्रिया