Bisal Chautari Logo

किरण केसि कलाकार नभएको भए कुनै उद्योगको मालिक हुन्थ्यो

- १६ श्रावण २०७०, बुधबार १५:३८ मा प्रकाशित


किरण केसि हास्यअभिनेता
– विशाल राई 

ब्रेकर :– हास्य अभिनेता केसिले इटाभट्टा उद्मोग मात्र होइन चप्पल कारखाना पनि सञ्चालन गरेका छन् रे । सामाखुसि स्थीत गुई चप्पल कारखाना करीव चर वर्ष सञ्चालन गरेको केसि बताउछन् । गुई चप्पल कारखानाबाट उत्पादन भएका ति चप्पलहरु नेपाल भरी रहेका थिए । केहि समय चप्पलले खुबै राम्रौ ब्यापार गरेको बताउछन् । पछि अन्य देशहरुबाट सस्तो मुल्यमा चप्पल आयात हुनथालेपछि हाम्रौ चप्पलको मुल्य त्यो चप्पलमा बढि भयो र बिक्रिपनि केसि घटेको सुनाउछन् । भन्छन् –‘हाम्रौ चप्पलको कच्चापदार्थ धेरै मुल्यको थियो हामिले चप्पलको मुल्य घटाउने स्थीतिपनि थिएन । त्यसैले हाम्रौ चप्पल कारखाना बिचिएका हौ ।’ कुनै विज्ञनेशबाट आम्दानि हुदैन भने त्यो विज्ञनेशलाई राखिरहनु उचित नहुने केसि बताउछन् ।
हास्यकलाकार किरण केसि वि.स. २०१४ साल असार १४ गतेका दिन ललितपुर इमाडोल गाविस वाड नं.६ मा जन्मिएका हुन् । उनि सन्तानमा १३औ छोरा हुन् । उनले हास्यकलाकारमा वि.स. २०२८ सालबाट एउटा स्टेजप्रोग्रामबाट अगाडि आएका हुन् । उनले जाउलाखेल स्थीत एउटा कार्यक्रममा पैसा तिरेर आफ्नो अभिनय प्रस्तुत गरेका थिए रे । चलचित्रको पर्दामा १०० भन्दाबढि चलचित्र र सानो पर्दाको टेलिफिल्म जिरे खोर्सानि सम्म जोड्दा ४०० भन्दाबढिमा अभिनय गरीसकेका छन् । अहिले सम्ममा उनले नेपालका ६८ वटा जिल्लाहरुमा आफ्नो अभिनय प्रस्तुत गरीसकेका छन् ।

 

कलाकार केसिले ठुलो पर्दाको दुई सिनेमा तँता साह्रै बिग्रिस नि बद्रि र जे भो राम्र भो  पनि बनाइसकेका छन् भने दुईवटा एल्बम ए रातामकै र धरो धर्म ल्याइ सकेका छन् । यति मात्र नभएर केसिले कमर्सल एडहरु देखि लिएर राष्ट्रिय पुरस्कार प्राप्त पनि गरीसकेका छन् । हास्यकलाकार केसि अभिनय देखि गायन सम्ममापनि परीचित रहेका छन् । यदि यि हास्य अभिनेता अभिनयमा नलागेका भए के बन्थे होलान् । उनले भनिहाले म यदि अभिनयमा जम्न नसकेको भएचाहि विजनेस गरीरहेको हुन्थे । भन्छन् –‘ठमेलमा अहिले मेरो फाएप स्टार होटलहरु हुन्थे होलान् ।’ केसिको बाबा आर्मिको लेप्टेन जर्नेल छन् परीवारमा सबै दाजुभाइ बाबाकै पेसामा आवद्ध भएका छन् । तर केसि भने आफुलाई अभिनयमा नआएका भए बिजनेस म्यानकै रुपमा परीचित बनाउने ठोक्वा गर्छन् । केसिले बिजनेसमा इटा भट्टा उद्मोग र चप्पल कारकखाना उद्मोग सञ्चालन गरीसकेका छन् । जसमध्ये इटाभट्टा उद्मोग केसिले २०३८सालबाट बिकि चिम्नि भट्टामा प्रौपाइटर भएर करिव ०५९ सालसम्म चलाए । उक्त इटाभट्टा त्यो बेलाको समयमा पनि एक लाख ५हजारबाट सुरुवात गरेका थिए । एक वर्षमै आम्दानिपनि दोब्बर भएको केसि बताउछन् । इटा भट्टामा करीव ५००को हाराहारीमा कामदारहरु थिए रे । केसिको काम इटाभट्टामा नभएपनि गर्न मनपर्नेभएकाले कामहरु चहि गर्थे रे । काममा प्रायजसो उनि गदावरीबाट पानि ल्याउने गर्थे रे । इटाभट्टा राम्रौ हुदैगएपछि उपत्यका बाहिरका ६ वटाभन्दा बढि जिल्लाबाटपनि आम्दानि गर्थे रे । आम्दानि बढ्दै गएपछि कसिले दुईवटा मिनिबस दुईवटा ट्रक र दुईवटा ट्याक्सि जोडेको सुनाउछन् । आम्दानि राम्रौ हुदैगएपछि कामदारहरुलाई अन्य इटा भट्टाको भन्दा १० प्रतिसत बढि तलवपनि दिएको पनि सुनाउछन् । कामदार र मालिकको समिश्रण मिल्दै गएपछि आम्दानि पनि बढेको र लगानि करीव दुई करोड २० लाख भन्दाबढि भएको हिसाव किताव सुनाउछन् ।

हास्य अभिनेता केसिले इटाभट्टा उद्मोग मात्र होइन चप्पल कारखाना पनि सञ्चालन गरेका छन् रे । सामाखुसि स्थीत गुई चप्पल कारखाना करीव चर वर्ष सञ्चालन गरेको केसि बताउछन् । गुई चप्पल कारखानाबाट उत्पादन भएका ति चप्पलहरु नेपाल भरी रहेका थिए । केहि समय चप्पलले खुबै राम्रौ ब्यापार गरेको बताउछन् । पछि अन्य देशहरुबाट सस्तो मुल्यमा चप्पल आयात हुनथालेपछि हाम्रौ चप्पलको मुल्य त्यो चप्पलमा बढि भयो र बिक्रिपनि केसि घटेको सुनाउछन् । भन्छन् –‘हाम्रौ चप्पलको कच्चापदार्थ धेरै मुल्यको थियो हामिले चप्पलको मुल्य घटाउने स्थीतिपनि थिएन । त्यसैले हाम्रौ चप्पल कारखाना बिचिएका हौ ।’ कुनै विज्ञनेशबाट आम्दानि हुदैन भने त्यो विज्ञनेशलाई राखिरहनु उचित नहुने केसि बताउछन् ।
आफुले गरेका विजनेसहरुमा डुविरहेका हास्यअभिनेता केसिले सरकारलाई केहि आवश्यकताको परीपुर्तिको माग राखे । इटाभट्टा र चप्पलकारखाना विजनेसलेपनि धेरै नेपालि परीवारको दुई छाक टरेको केसि बताउछन् । भन्छन् –‘इटाभट्टा र चप्पलकारखाना गर्न चाहनेलाई उचित ब्याजदरमा ऋण दिएमात्र पुग्छ ।’ यि पेसामा मात्र नभएर अन्य पेसामा पनि सरकारले गर्ने बातावरण बनाइदिनु पर्नेपनि केसि बताउछन् । कामगर्ने कामदारहरुका लागिपनि सरकारले जिवनविमा गरीदिने ब्यावस्था गर्नुपर्ने केसि बताउछन् । भन्छन् – ‘सरकारको मातहतमा ति सबै विजनेसहरु सञ्चालन भएका हुन्छन् । करहरु मलब देखि अन्य धेरै माध्यमबाट लिइरहेका हुन्छन् ।’ यसलाई सरकारले ब्यावस्था गर्नुपर्ने केसि बताउछन् । नत्रभए हाम्रौ देश गरीविको संख्याबाट कालो सुचिमा सैयौ वर्ष गुर्जिर्नेपनि केसि बताउछन् ।   

प्रतिक्रिया