Bisal Chautari Logo

सौजन्य सहित दुई नेपाली अभिनेत्री इजरायली चलचित्रमा

- ३० बैशाख २०७१, मंगलवार १७:२२ मा प्रकाशित


Saujanya-Subba-movie-roof-of-the-world
काठमाडौं, २०७१ बैशाख, ३० मंगलवार ।  पछिल्लो समय विभिन्न देशबाट नेपालमा आएर चलचित्र सुटिङ गर्नाले नेपाली कलाकारहरुलाई इन्टरनेशनल सिनेमामा फड्का मार्न सजिलो भएको छ । यस्तै क्रममा एक इजरायली आर्ट चलचित्रमा तीन नेपाली अभिनेत्रीले अभिनय गर्ने अवसर पाएका छन् । अभिनेत्रीद्धय क्रमश: मिथिला शर्मा, सुभद्रा अधिकारी र सौजन्य सुब्बाले इजरायली आर्ट चलचित्र ‘रुफ अफ द वल्र्ड’ मा अभिनय गर्ने अवसर पाएका हुन् ।

नेपालको सँस्कृति, सहयोग र परिवेशमा आधारित ‘रुफ अफ द वल्र्ड’ को यसै साताबाट राजधानी नजिकका स्थानमा छायाँकन भैरहेको छ । जोमसोममा समेत छायाँकन गरिने आर्ट चलचित्रको छायाँकन नेपालमा अझै दुई साता चल्ने बताइएको छ । अभिनेत्री सौजन्य सुब्बाले विदेशी आर्ट फिल्ममा काग गर्दा नौलो अनुभवसंगै धेरै कुराहरु सिक्ने मौकापनि पाइरहेको बताइन् । यसअघि भारतको उडिसामा ‘नेशनल हाइवे’ चलचित्रमा सौजन्यले अभिनय गरिसकेकी छिन् । नेपालका यी तिन अभिनेत्रीहरु ‘रुफ अफ द वल्र्ड’ मा सबै युनिट इजरायलकै छ । अन्र्तराष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी छायाँकन हुदै गरेको ‘रुफ अफ द वल्र्ड’ लाई इजरायली महिला निर्देशक डिनाले निर्देशन गरिरहेकी छिन् ।

प्रतिक्रिया