Bisal Chautari Logo

सुन्तलीले भनिन्, ‘–रेखा दिदीबाटै भुकम्प पिडितका लागी सहयोगमा जुट्न इन्सपाएर भयौ र नेपाल फर्कियौ’

- ७ जेष्ठ २०७३, शुक्रबार १२:०६ मा प्रकाशित


Rekha Thapa Help for Dhurmus Suntali Giranchaur Rebuild

विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ७ शुक्रबार । नेपाली चलचित्र क्षेत्रकी नम्बर १ अभिनेत्री रेखा थापा भुकम्प गएको मिती बैशाख १२ गतेदेखी नै भुकम्प पिडितहरुका लागी सहयोग गर्दे आइरहेकी थिइन् । सोही क्रममा धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाइरहेको नमुना एकिकृत बस्तीका लागि अभिनेत्री रेखाले रु. १ लाख सहयोग गरेकी छिन् ।
Rekha Thapa Help for Dhurmus Suntali Giranchaur Rebuildगत शनिबार राजधानीमा सम्पन्न कन्सर्ट ‘अमरपंक्षी’ कार्यक्रम हुन भन्दा अगाडी आयोजक सैनिक श्रीमती संघले भूकम्प पीडितलाई सहयोग गर्ने प्रचार गरेको थियो । तर कन्सर्ट सकिएपछि संघले सार्वजनिक गरेको विज्ञप्तीमा भूकम्पपीडितलाई सहयोग गर्ने कुरा कतै उल्लेख नभएपछि कन्सर्टमा प्रस्तुति दिएकामध्येकी १ एक अभिनेत्री रेखाले भने भूकम्पपीडितको सहयोगका लागि हात बढाएकी हुन् । अभिनेत्री रेखाले ‘अमरपंक्षी’ कार्यक्रमबाट आएको आफ्नो पारिश्रमिकबाट भूकम्पपीडितलाई दिएकी छिन् ।
अभिनेत्री रेखा थापा भुकम्प गएको बैशाख १२ गतेदेखी नै भुकम्प पिडितहरुका लागी सहयोग गर्दे आइरहेकी थिइन् । आर्यघाटमा भुकम्प पिडितहरुको शव जलाउने पैसा नहुनेहरुका लागी अभिनेत्री रेखाले सहयोग गरेकी थिइन् । अभिनेत्री रेखा थापा सो समयमा रातको २ बजे सम्म आर्यघाटमै भेनिन्थिन् । साथै भुकम्पकमा घर भत्किएका ५ जना पत्रकारहरुलाई आर्थिक सहयोग, प्राविधिक संघलाई आर्थिक सहयोग गरेकी थिइन् ।
Rekha Thapa Help for Dhurmus Suntali Giranchaur Rebuild-1भुकम्प पिडितका लागी रकम हस्तानतरणपछी बोल्दै कुन्जना घिमिरे ‘सुन्तली’ले भुकम्प पिडितका लागी सहयोगमा जुट्न रेखा दिदीबाटै इन्सपाएर भएको बताइन् । कुञ्जनाले भनिन्, ‘भुकम्प जादा हामी अमेरीकामा हुदापनि रेखा दिदीले काम गरेको देखेका थियौ, र हामी त्यो देखरपनि इन्सपाएर भएको भन्छु । रेखादिदी त्यतीधेरै भुकम्प पिडितका लागी खटिरहेको देखेर हामिलाई पनि त्यहा बस्न मन नलागेर आएका थियौ ।’ थप्दै भनिन्, ‘धुर्मुससुन्तली फाउण्डेशनले रेखा दिदी आएर हेल्प गर्दा हाम्रो पुरा फिल्म क्षेत्रपनि हामीसंगै रहेछ भन्ने महसुश भएको छ’, कुञ्जनाले बताइन् । उता फ्यानहरुले फेसबुक मार्फत धुर्मुससुन्तलीलाई भेटेर सहयोग गर्न बारम्बार झक्झक्याइ रहेको अभिनेत्री रेखाले बताइन् ।
यस्तै अभिनेत्री रेखाले राउटेका बच्चाको पढाईलेखाईमा समेत सहयोग गरिरहेकी छिन् । रेखा थापा फाउण्डेसनमार्फत उनी सामाजिक सेवामा धेरै अगाडीदेखी सक्रिय छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया