Bisal Chautari Logo

‘मिस नेवा आईकन–११३६’ (२०१६)को पहिलो अडिसन सम्पन्न (फोटो तथा भिडियोसहित)

- ६ जेष्ठ २०७३, बिहीबार १५:०५ मा प्रकाशित



miss newa icon 2016 – 1136 first audition

विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ६ बिहिबार । ‘मिस नेवा आईकन–११३६’ (२०१६)को पहिलो अडिसन सम्पन्न भएको छ । चावहिल चुचेपाटी स्थित ह्यात होटलमा गरिएको पहिलो अडिसनमा २३ बढी युवतीहरुबाट १३ जना छनौट गरिएको यो प्रतियोगिताको म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले बताए ।
miss newa icon 2016 - 1136 auditionपहिलोपटक रेक्स फेसन होमले आयोजना गरेको ‘मिस नेवा आईकन–११३६’ (२०१६) नेवार समुदायको कला, संस्कृति, धर्म, भाषा, साहित्यलगायत विविध पक्षलाई समेट्नेछ ।
miss newa icon 2016 - 1136 audition (9)पहिलो अडिसनका जजहरु क्रमश: चर्चित गायक निर्णय श्रेण्ठ, अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर, म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकार, मिस नेसनल राईलिन थापा मल्ल, मेडिया पर्सन दशरथ वीर साक्य, म्युजिसियन राकेश महर्जन, इभेन्ट म्यानेजर श्रेया हमाल ठकुरी, प्रोग्राम प्रेजेन्टर सुशिल पाण्डे, फेसन डिजाइनर सन्तोशि श्रेष्ठ, समाजसेवी रुद्र श्रेष्ठ रहेका थिए । सल्लाहकारमा महेशमान सिंह, साधना रञ्जितकार रहेका छन् ।
miss newa icon 2016 - 1136 audition (11)यस प्रतियोगिताको अब दोस्रो अडिसन आउदो जेठ ९ गते २ बजे दरबारमार्गको शेर्पा मलमा हुने म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले बताए । यस प्रतियोगितामा सहभागीका हुनका लागि नेवार सुमदयकै युवती हुनुपर्ने छ भने उमेरको हकमा १६ देखि २४ वर्षसम्मको प्रावधान रहेको आयोजकले जनाएको छ । सहभागी हुने युवती कम्तिमा ५ फिटको हुनुपर्नेछ ।

miss newa icon 2016 - 1136 audition (6)जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा हुने यस प्रतियोगिताको अन्तिम फाइनल ११ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष खगेश्वर रञ्जितकारले बताए । साथै विनरलाई १ लाख क्यास प्राइज कार्यक्रममै दिइने समेत रञ्जितकारले बताए । त्यस्तै १९ विधा सबटाइटल रहनेछ । जस अन्र्तगत मिस फोटोजेनिक, मिस ट्यालेन्ट, मिस व्युटि विथ प्रपोज, मिस क्याटवाक, बेस्ट फिगर, मिस डिसिप्लेन, मिस पर्सनालिटि, मिस बेस्ट स्माइल, मिस कन्फिडेन्ट, मिस भिवरच्वाइज, बेस्ट हेयर, बेस्ट स्किन, बेस्ट ड्रेस, कल्चरल एम्बेस्डर, मिस मल्टिमेडिया, मिस फ्रेण्डसिप, मिस चार्मिङ, बेस्ट नेपाल भाषा सबटाइटल रहनेछ ।

miss newa icon 2016 - 1136 audition (12)

miss newa icon 2016 - 1136 audition (10)

miss newa icon 2016 - 1136 audition (8)

miss newa icon 2016 - 1136 audition (7)

miss newa icon 2016 - 1136 audition (4)

miss newa icon 2016 - 1136 audition (1)

miss newa icon 2016 - 1136 audition (2)

miss newa icon 2016 - 1136 audition (3)

प्रतिक्रिया