Bisal Chautari Logo

एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ

- १८ श्रावण २०७०, शुक्रबार १६:१९ मा प्रकाशित


१८ साउन पर्सा
पर्सा जिल्लाको कौवावन कटैया ३ बाट साउन १७ गते राति एपीएफ टोलीले करीब एक सय ३० के.जी.गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवरवना ९ वस्ने आलम अन्सारी र कौवावन कटैया ३ वस्ने साखिर मिया छन् ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । एपीएफ टोलीले बरामद गाँजासहित दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया