Bisal Chautari Logo

ताण्डवको फस्र्टलुकमा लाहुरे मात्र, कर्ल गर्ल नम्रता अटाइनन्

- ३० बैशाख २०७१, मंगलवार १८:०१ मा प्रकाशित


tandav-nepali-movie-first-look-laure
काठमाडौं, २०७१ बैशाख, ३० मंगलवार । चलचित्र ‘ताण्डव’को निर्माणपक्षले सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक भएको चलचित्रको पोस्टरमा र्‍यापर लाहुरे नामले परिचित आशिष रानालाई देखाइएको छ । जहा आगै आगोमा अभिनेता लाहुरेको तस्बिर रहेको छ ।
मोहन डोटेलको निर्माणमा तयार भएको यो सिनेमालाई मुर्रे केरले निर्देशन गरेका हुन् । चाडै नै प्रदर्शन मिति तय हुने सिनेमामा अभिनेत्री नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ । तर उनी पोष्टरबाट गायब छिन् । निर्माणपक्षले सिनेमा चलाउनका लागि नम्रता भन्दा लाहुरेको क्रेजलाई ज्यादा महत्व दिएको हुनसक्छ । चलचित्रमा आशिष आगोको ज्वालाको विचमा बन्दुक ताक्दै उभिएका छन् । यही बर्ष प्रदर्शन हुने सिनेमालाई ड्रक्स र ग्याङस्टारको कथा भनिएको छ । सिनेमामा अभिनेत्री नम्रता ‘कल गर्ल’को भूमिकामा छिन् । 
चलचित्रमा लाहुरे र नम्रताको अलवा अनुप बराल, विपिन कार्की र विदेशि कलाकार ओच, हेना लगाएतको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको दन्द्ध र बुद्ध गुरुङको संगित रहेको छ ।laure

प्रतिक्रिया