Bisal Chautari Logo

लण्डनको एरेनामा नेपथ्यको भव्य कन्र्सट (भिडियो सहित)

- २० श्रावण २०७०, आईतवार १६:१७ मा प्रकाशित


पछिल्लो समय नेपालि गितसंगितपनि विश्व बजारमा लोकप्रिय हुदै
लण्डन । नेपाली साङ्गितिक क्षेत्रको चर्चित पप ब्यान्ड नेपथ्यले शनिबार लन्डनको वेम्ली एरिनामा भव्य कन्सर्ट गरेको छ । बेलायतको अन्तराष्ट्रिय मञ्च मानिने वेम्लीमा नेपथ्यका साथ अमृत गुरुङले चचिर्त गीत गाएर दर्शकहरुको वाहिवाहि पाएका थिए ।

‘ पूर्णेको जुनजस्तो, आकाशैबाट के उडी आयो भेडाको उनजस्तो, मायाको फोटो मै खिचि लान्छ’ अमृतले सुरुमै यो गीत गाउदा कन्सर्टको माहोलको रौनक थपिएको थियो ।

७ हजार भन्दाबढि दर्शकहरुको माझमा सञ्चालन भएको कन्सर्टमा भोकलिस्ट अमृतले जोगले हुन्छ भेट, रेशम, तालको पानी माछाले खाने, चरी मर्‍यो सिसैको गोलीले, जोसमोमे बजार, छेक्यो छेक्यो देउराली डाडा हुस्सु र कुहिरोले, आजभोली के भाको कुन्नीलगायत हिट गीत गाएका थिए । पर्छ प्रोडक्सन र सव् सोनिक रुट्स नामक दुई संस्थाको आयोजनामा आयोजित कन्र्सटमा २२ वर्षदेखि संगीतमा सक्रिय नेपथ्य पछिल्लो समयमा चलचित्रको संगीतमा पनि लाग्ने बताइएको छ । सन् १९९० मा स्थापित यो ब्यान्डमा अहिले अमृतमात्र एकजना सदस्य हुन् ।

विश्वविख्यात ब्यान्डहरु बिटल्स, स्याडोज, पप समूह दि होलिज, स्पाइस गल्र्स, रोलिङ स्टोन्स, द हुले आफ्नो कन्र्सट गरिसकेको उक्त स्थानमा पहिलो चोटि नेपथ्यले कन्र्सट गरेको हो । नेपथ्यको उक्त कन्सर्टले अब नेपाली संगीत पनि विश्व बजारमा छाउन सक्ने विश्लेषणा धेरैको छ ।

प्रतिक्रिया