Bisal Chautari Logo

माही ‘ग्याङेस अफ घोस्ट’मा कमेडी भूमिका आउदै

- २२ श्रावण २०७०, मंगलवार ०४:४७ मा प्रकाशित


मुम्बई । आफ्नो जीवन्त अभिनयका कारणँ छोटो समयमै बलिउडमा स्थापित भएकी अभिनेत्री माही गिल अब कमेडी भूमिकामा देखिने भएकी छन् । माहीले फिल्म ‘ग्याङेस अफ घोस्ट’मा कमेडी भूमिका गरिरहेकी छन् । ‘साहेब बिबी’, ‘ग्याङस्टार’ र ‘देव–डी’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मन जित्न सफल माहीले ‘ग्याङस अफ घोस्ट’मा पहिलोपटक कमेडी भूमिका गरेकी हुन् । यस फिल्ममा माही एक ज“ड्याहा महिलाको भूमिकामा देखिनेछिन् । हाल उक्त फिल्मको सुटिङ गुजरातमा भइरहेको बताइएको छ । फिल्म करिब ७० प्रतिशत छायांकन सकिएको जनाइएको छ ।

फिल्म ‘ग्याङस अफ घोस्ट’ को निर्देशन सतीश कौशिकले गरिरहेका छन् । यस फिल्मको निर्माण्ँ रतन जैनले गरेका हुन् ।
समाचारमा जनाइएअनुसार यो बंगाली फिल्म ‘भूत र भविष्यत’ को रिमेक हो । माही अभिनीत ‘जन्जिर’ पनि रिमेक फिल्म नै हो । जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ । ‘जन्जिर’ मा माहीले  ‘मोना डालिङ’को भूमिका गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया