Sipora Gurung movie BHUI MANCHE Announcement
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख २४ शुक्रबार । राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङलाई लिड हिरोइनमा लिएर ‘भुईमान्छे’ नामक चलचित्र बन्ने भएको छ । दैनिक रुपमा लाशसाग खेल्ने पोष्टमार्टमको काममा लाग्ने व्याक्तिको कथालाई जोडेर फिल्म ‘भुईमान्छे’ बन्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो ।
नवराज बुढाथोकीले निर्देशन गर्ने फिल्ममा मुख्य भुमिकाका रमेश बुढाथोकी र सिपोरा गुरुङ रहनेछन् । राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोराको यो पहिलो ठुलो तथा ’मेन स्ट्रिम’को फिल्म हुनेछ ।
दैनिक रुपमा अस्पतालहरुमा लाशको पोष्ट मार्टममा खड्ने व्याक्तिको मनोविज्ञान र यो प्रकारको जीवनमा आईपर्ने आरोह आवरोहको यथार्थ कथालाई फिल्मले पस्किनेछ । जहा लिड भुमिकामा रहने भनिएकी सिपोराको भुमिका भने सस्पेन्स जस्तै छ । कार्यक्रममा बोल्दै सिपोराले आफु विश्वविधालयमा पढ्ने एक विधार्थीको भुमिकामा रहेको बताईन् ।
कार्यक्रममा बोल्दै निर्देशक बुढाथोकीले फिल्मले चिकित्सा क्षेत्रमा विद्धमान विकृतिहरुलाई समेत पर्दाफास गर्ने बोले । फिल्म ’भुईा मान्छे’मा सम्राट सापकोटा, सानु ताम्राकार, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, सहिन प्रजापति, सहिन प्रजापति, आर्यन न्यौपाने, सौरभ ठकाल लगायतको पनि अभिनय रहनेछ ।
Cast : Ramesh Budhathoki, Sipora Gurung.
Producer: Hari Yadav, Tritha Bohara
Director: Navaraj Bhudhathoki
प्रतिक्रिया