Bisal Chautari Logo

घाटीमा सर्प नबेर्ने, भाङधतुरो नखाने, शिवजी पाए यो तिजमा बिहे गर्छु

- २२ श्रावण २०७०, मंगलवार १५:५५ मा प्रकाशित


–केकी अधिकारी, अभिनेत्री

एक दिनका लागि प्रधानमन्त्री बन्ने अवसर पाए ?
सबैभन्दा पहिला महगिएको पेट्रोलको भाउ घटाउथे । विस्तार भइरहेको सडक निर्माणा कार्यलाई निरन्तरता दिन्थे । अनि, महिलाको हितमा काम गर्थें । 
आकाशबाट जून र तारा लिन आए कोसग जानुहुन्छ ?
म जून र तारालाई छाडेर घामको प्रतीक्षामा रहन्थे । जबसम्म घाम आकाशबाट लिन आउदैन त्यति बेलासम्म कुरेर बसिरहन्छु ।
एक जनालाई चन्द्रमामा लिएर जान पाए कसलाई लैजाने ?
चन्द्रमामा पहिल्यै पुगेर आएका स्व. निल आर्मस्ट्रङलाई लिएर जान्थे । उहालाई लिएर जादा चन्द्रयात्रा सार्थक हुन्छ जस्तो लाग्छ ।
चेपाङ समुदायको उत्थानका लागि सरकारले तपाईंलाई सद्भावनादूत बनायो भने ?
सबैभन्दा पहिला चेपाङ समुदायलाई शिक्षित बनाउन लागिपर्छु । उनीहरुको उत्थानमा सहयोग पुग्ने किसिमका फिल्म निर्माणामा लाग्छु ।

चेपाङ समुदायमा घुलमिल हुदा त्यही समुदायका कुनै युवासग मायाप्रीति बस्यो भने ?
मायामा कुनै सीमा हुदैन । समाज र परिवारकै अगाडि चेपाङ समुदायका केटासग विवाह गर्छु ।
यस वर्षको तीजमा शिवजस्तै वर पाए बिहे गर्ने ?
शिवजीजस्तै वर पाए त सोच्नै पर्ला । तर, घाटीमा सर्प नबेर्ने, भाङधतुरो नखाने, बाघको छालामा नसुत्ने केटो हुन पर्‍यो, पक्कै बिहे गरिन्छ ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न मानेनन् भने नि ?
नो कमेन्ट  ?

प्रतिक्रिया