Bisal Chautari Logo

घर परिवारकि पुल्पुलिएकी छोरी म

- २४ श्रावण २०७०, बिहीबार ११:५१ मा प्रकाशित


दिया मास्के, अभिनेत्री तथा रंगकर्मी
तिबेला म कलाकारितामा लागेको थिएँ, त्यतिबेला परिवारबाट मलाई खासै सपोर्ट भने थिएन । तर, परिवारको सपोर्टबेगर पनि म नाटक हुँदै चलचित्रसम्मको यात्रा तय गरेको छु । यात्राको यो दौरानमा परिवारबाट पूरा सपोर्ट पाउन थाले छु भने परिवारले कलाकारिता हेर्न गरेको नकारत्मक दृष्टिमा पनि कमी आएको छ । बल्ल उनीहरूले अभिनयलाई सम्मान गर्न थालेका छन् ।

diya-maskey hot

हुन त मेरो ककलाकारिताले परिवारलाई पनि त सम्मान मिलेको छ । यसकारण पनि होला पहिले कलाकाररिताबाट छुटाउन चाहने मेरो परिवार अहिले कलाकारिता गर्नमा हौस्याउँदै छन् ।
परिवारको कान्छी छोरी म । सबैको प्यारो त हुने नै भएँ । सबैको प्यारो हुँदाहँुदै पनि सानैमा परिवारको मायाबाट वञ्चित बन्न पुगेँे । कारण हो मेरो अध्यायन । ललितपुरको स्थानीय बासिन्दा हँुदाहुँदै पनि परिवारले मलाई प्लस टुसम्म होस्टलमै राखे ।

मेरो चारजनाको परिवार छ । बाबा, आमा, दाइ र म । दिदी पनि हुनुहुन्थ्यो तर उहाँको अहिले बिबाह भइसक्यो । बाबा आमाको लाडली छोरी म । कान्छी छोरी भएकाले पनि सबै सदस्यको माया मलाई नै छ । बाबाआमाले त मलाई अहिलेसम्म सानु नै भनेर बोलाउनु हुन्छ । मेरो अभिनयको बढी प्रशंसा र कमीकमजोरी औँल्याउने पनि उहाँहरू नै हो । त्यसैले बुबा, आमा मेरा अभिभावक मात्र होइन शुभचिन्तक पनि हुन् । परिवारबाट नै मेरो कलाकारिताका फ्यान बनेका छन् । ती हुन् मेरो दिदी र दाइ । उहाँहरू त मेरो प्रशंसा गरेर थाक्नु नै हँदैन । चलचित्र ‘सुनगाभा’को अभिनयबाट त उहाँहरूको धेरै प्रशंसा पाएको हँु । पहिला मेरा कुरा काट्ने छिमेकीको पनि मप्रति हेर्ने नजर सकारत्मक भएको छ । सायद यो कलाकारिताको सफलताले नै होला ।
घरभित्रको काम गर्न मलाई पटक्कै मन पर्दैन । तर, कहिलेकाहीँ घरको काममा सहयोग गर्ने गरेको छु । आमालाई खाना बनाउन सघाउनु नै मेरो घरभित्रको काम हो । कहिलेकाहीँ दाइले पनि खाना बनाउनु हुन्छ । नत्र सबै भान्साको काम ममीकै हो । खाना मलाई दालभात, तरकारी बनाउन सामान्य लाग्छ । मैले स्पेसल बनाउने परिकार भनेको चिकेन बिरयानी हो । मैले बनाएको चिकेन बिरयानीको परिवारका सदस्य फ्यान पनि हुन् ।
घरभित्रको मेरो अर्को काम पनि छ । त्यो हो कोठाको साजसज्जा गर्ने । आमाबुबाको कपडा धुने काम पनि मेरै हो । जति नै बिजी भए पनि गर्ने गरेको छु । कलाकारिताबाट आर्जन गरेको पैसा सबै बाहिर सक्ने बानी छैन मेरो । त्यो घरका लागि पनि लगानी गर्ने गरेको छु । परिवारका सदस्य मेरो खुसीमा धेरै रमाउँछन् । उहाँहरू रमाउँदा म आफूले आफँैलाई महान् कलाकार ठान्छु । घरभित्रको कामले कहिलेकाहीँ कलाकारितामा समस्या पनि पर्ने गरेको छ । तर, पनि मैले मिलाएर म्यानेज गर्ने गरेको छु । दायाबाया गर्न पनि जान्दिनँ । त्यही भएर पनि कलाकारिता क्षेत्रमा मेरो नकारात्मक कोही छैनन् ।प्रस्तुति स् विशाल राई

प्रतिक्रिया