Little Master prabin & shreya Miss Icon Nepal-2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ११ शनिबार । ललितपुरका विभिन्न स्कुलमा अध्ययनरत बालबालिका र किशोर किशोरीको बिदाको समयलाई उनीहरुभित्र अन्र्तनिहीत प्रतिभाको उजागर गर्ने अवसरका रुपमा सदुपयोग गराउने उद्येश्यले राजधानीमा लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१६ आयोजना गरिएको छ । एएनपीले जमलको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा किशोरतर्फ प्रबिन सिवाकोटी विजेताका साथमा मिस्टर क्याटवक, निकेन लामा फस्ट रनर्सअपका साथमा मिस्टर ह्याण्डसम र मष्ट फोटोजेनिक तथा मन्दिप केसी सेकन्ड रनर्सअपका साथमा बेष्ट डिसिप्लेन्ड चुनिएका छन्।
त्यस्तै किशोरीतर्फको प्रतियोगितामा श्रेया मानन्धर विजेताका साथ बेष्ट हेयर, लिजा राई फस्ट रनर्सअपका साथ मिस ट्यालेण्ट र बेष्ट पर्सनालिटी
क्रीटिना भण्डारी सेकन्ड रनर्सअपका साथ बेष्ट स्कीन, एलिसा श्रेष्ठ थर्ड रनर्सअपका साथ मष्ट पपुलर, कृषा महर्जन फोर्थ रनर्सअपका साथ बेष्ट स्पीच र मिस कनजेनीयालिटी भएका छन्। यो समूहको प्रतियोगितामा अनुस्का राना मिस क्याटवक, लाजिमा राई मष्ट चार्मिङ, सृष्टी बानियाा बेष्ट फिटनेस र मिस फोटोजेनीक, मिका मगर मष्ट फ्रेन्डली, गरिमा प्रजापती मिस ब्युटीफुल, शुबालि तामाङ मष्ट एक्टीभ, रुडिना श्रेष्ठ भिअर्स च्वाईस अवार्ड, प्रसना थापा मगर बेष्ट फिजिक, एलिना लामा फेसन आईकन अवार्ड र अप्सरा सुब्बा मष्ट कन्फिडेन्टको विजेता भएका छन्।
उता बालकहरुतर्फको प्रतियोगितामा अनिस राना विजेताका साथ मिस्टर क्यटवक र मष्ट फोटोजेनिक, यश केसी फस्ट रनर्सअपका साथ बेष्ट हेयर, सान बस्नेत सेकन्ड रनर्सअपका साथ मिस्टर ह्याण्डसम भए भने प्रसान्त हुमागाईं मिस्टर ट्यालेण्ट र बेष्ट फिटनेस, प्रशान्त कार्की मष्ट डिसिप्लेन्ड, सुप्रभलाल कर्मचार्य बेष्ट पर्सनालिटी, प्रसङ्ग भण्डारी बेष्ट स्कीन, पुकार थापा मगर मष्ट पपुलर, शेरप शेर्पा मष्ट चार्मीङ, रजत बिके मष्ट एक्टीभ
र आभास केसी बेष्ट फिजिक भएका थिए।
त्यसै गरी बालिकातर्फ भृकुटी पन्थी विजेताका साथमा बेष्ट फिटनेस, ग्रीष्मा अधिकारी फस्ट रनर्सअपका साथमा मिस ट्यालेण्ट, बेउला खड्का सेकन्ड रनर्सअपका साथमा मष्ट कन्फिडेन्ट, प्रसना कार्की थर्ड रनर्सअपका साथमा बेष्ट स्कीन तथा जेसीका श्रेष्ठ फोर्थ रनर्सअपका साथमा मिस क्याटवक भएका छन्। प्रतियोगितामा इचिङला लिम्बु मष्ट पपुलर, रीश्ता राई बेष्ट हेयर, आसिका रसाईली बेष्ट पर्सनालिटी, सृष्टी दाहाल मष्ट चार्मीङ, संस्कृती शर्मा बेष्ट स्पीच र फेसन आईकन, पलिस्था साकिया मष्ट फ्रेन्डली, सुजिता लामा मिस ब्युटीफुल, श्रीजा केसी मष्ट कनजेनीयालिटी
प्रिष्ना लामा मष्ट डिसिप्लेन्ड, लिना महर्जन मष्ट व्युटीफुल आइज, मेगा महत बेष्ट फिजिक, प्रमिसा मगर मष्ट एक्टीभ अध्यता पोखरेल मेनेजमेन्ट च्वाईस अवार्ड, रोजीना मगर मेनेजमेन्ट च्वाईस अवार्ड, ग्रिष्मा देउला भिअर्स च्वाईस अवार्डका विजेता भएका छन्।
कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा अभिनेता विष्णु रिजाल, अभिनेत्री नन्दिता केसी, मोडल भावना गुरुङ, प्याब्सनकी उपाध्यक्ष दीपिका रिमाल थापा र सञ्चारकर्मी सरोज प्याकुरेल निर्णायक रहेका थिए ।
प्रतिक्रिया