Bisal Chautari Logo

‘मिस नेवा आईकन–११३६’ (२०१६) हुदै

- १० बैशाख २०७३, शुक्रबार १६:४६ मा प्रकाशित


miss newa icon 1136- 2016
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ बैशाख १० शुक्रबार । नेवार समुदायको कला, संस्कृति, धर्म, भाषा, साहित्यलगायत विविध पक्षलाई समेट्ने गरी ‘मिस नेवा आईकन–११३६’ (२०१६) हुने भएको छ । यो प्रतियोगिता पहिलोपटक रेक्स फेसन होमले गर्न लागेको हो । आज शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी रेक्स फेसन होमले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा सहभागीका लागि आवेदन खुला गरिएको समेत जानकारी गराइएको थियो ।
miss newa icon 1136- 2016यस प्रतियोगितामा सहभागीका हुनका लागि नेवार सुमदयकै युवती हुनुपर्ने छ भने उमेरको हकमा १६ देखि २४ वर्षसम्मको प्रावधान रहेको आयोजकले जनाएको छ । र, सहभागी हुने युवती कम्तिमा ५ फिटको हुनुपर्नेछ । जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा हुने यस प्रतियोगिताको अन्तिम फाइनल ११ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष खगेश्वर रञ्जितकारले बताए । साथै विनरलाई १ लाख क्यास प्राइज कार्यक्रममै दिइने समेत रञ्जितकारले बताए ।
miss newa icon 1136- 2016 (3)त्यस्तै १९ विधा सबटाइटल रहनेछ । जस अन्र्तगत मिस फोटोजेनिक, मिस ट्यालेन्ट, मिस व्युटि विथ प्रपोज, मिस क्याटवाक, बेस्ट फिगर, मिस डिसिप्लेन, मिस पर्सनालिटि, मिस बेस्ट स्माइल, मिस कन्फिडेन्ट, मिस भिवरच्वाइज, बेस्ट हेयर, बेस्ट स्किन, बेस्ट ड्रेस, कल्चरल एम्बेस्डर, मिस मल्टिमेडिया, मिस फ्रेण्डसिप, मिस चार्मिङ, बेस्ट नेपाल भाषा सबटाइटल रहनेछ ।

miss newa icon 1136- 2016 (7)

miss newa icon 1136- 2016 (4)

miss newa icon 1136- 2016 (2)

miss newa icon 1136- 2016 (6)

miss newa icon 1136- 2016 (5)

प्रतिक्रिया