Bisal Chautari Logo

‘प्रेमगीत’ले ५१ दिन मनायो || कभर सङ’ प्रतियोगीताको उपाधी सागरलाई (फोटोफिचरसहित)

- २५ चैत्र २०७२, बिहीबार १३:४५ मा प्रकाशित


prem geet movie 51 days celebration & sagar sansar rai winner cover song
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ चैत २५ बिहिबार । वर्ष ०७२मा राम्रो ब्यापार गरेको चलचित्र ‘प्रेमगीत’ यूनिटले काठमाण्डौमा भब्य कार्यक्रमको आयोजना गर्दै ५१ दिन मनाएको छ । कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राई र चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राईले चलचित्रसँग आवद्ध चलचित्रकर्मी, रंग पत्रकारलाई मायाको चिनो प्रदान गरे ।
prem geet movie 51 days celebration & sagar sansar rai winner cover songत्यस्तै कार्यक्रममा पत्रकार, चलचित्रकर्मीको उपस्थितीमा चलचित्रका कलाकार र निर्माण यूनिटले केक काटेका थिए । सो केक भने चर्चित अभिनेत्री रेखा थापाले उपहार स्वरुप पठाएकी थिइन् । अभिनेत्री रेखाले रेखाले चलचित्र सफल भएकोमा वधाई दिदै केक उपहार पठाएकी थिइन् । केक चलचित्रका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन, अभिनेत प्रदिप खड्का, अभिनेत्री पूजा शर्माले एकसाथ काटेका थिए । माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र गोपि, गुण लगायतका हलमा प्रदर्शन भैरहेको छ ।

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (11)

कभर सङ’ प्रतियोगीतामा सागर संसारलाई उपाधी

कार्यक्रममा चलचित्रको निर्माण यूनिटले आयोजना गरेको ‘म यस्तो गीत गाउछु कभर सङ’ प्रतियोगीताको उपाधी सागर संसार राइले जितेका छन् । उनलाई सूचना तथा सञ्चार मन्त्री शेरधन राईको हातबाट १ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।
prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (8)उपाधी र नगद १ लाख पुरस्कारसंगै आशुसेन फिल्मस्ले निर्माण गर्ने नयाँ चलचित्रमा गीत गाउने अवसर पाएका छन् । ५ सय ५९ जनाले युटुबबाट भिडियो अपलोड गरेर सहभागीता जनाएकोमा अन्तिममा १५ जना पुगेका थिए । जसमध्ये १० जनालाई युटुबमा भिडियो सर्वाधिक धेरै हेरिएको आधारमा र ५ जनालाई निर्णायकले वाइल्र्ड कार्ड इन्ट्रीको रुपमा प्रवेश गराएका थिए ।
अन्तिम १५ मा पुगेकाले गीत गाइसकेपछि ५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिएको थियो । जसबाट सागर संसार राइले उपाधी चुमेका हुन् । प्रतिस्पर्धीहरुलाई गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोख्रेल,लेखक रामशरण पाठक, निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनले विनर छनौट गरेका थिए ।

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (10)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (9)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (3)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (1)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (2)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (4)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (7)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (6)

prem geet movie 51 days celebration & sagar sansar rai winner cover song (5)

प्रतिक्रिया