Bisal Chautari Logo

कमला बनिन्, ‘ब्युटिसियन नेपाल–२०१६’ (फोटो फिचरसहित)

- २२ चैत्र २०७२, सोमबार १७:२० मा प्रकाशित


beautician nepal 2016 winner kamala adhikari
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ चैत २२ सोमबार । २४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कमला अधिकारी ‘ब्युटिसियन नेपाल–२०१६’ को ताज जित्न सफल भएकी छिन् । निर्णायक मण्डलमा रहेका कला सुब्बाले सोधेको प्रश्नको उत्कृष्ठ उत्तर दिदै कमला ‘ब्युटिसियन नेपाल–२०१६’ बनेकी हुन् । साथै कमलाले मोस्ट पपुलर विधाको सबटाइटलपनि आफ्नो पोल्टामा पारेकी छिन् । कमलालाई यस भन्दा अगाडीका ‘ब्युटिसियन नेपाल’ गौरी राई क्षेत्रीले ताज पहिराइ दिएकी थिइन् ।
beautician nepal 2016 winner kamala adhikari२५ जना प्रतिस्पर्धी रहेको प्रतियोगितामा फस्ट रनरअपको ताजसंगै मोस्ट इन्टेलिजेन्टको उपाधी कामना भुषालले आफ्नो शिरमा पार्दा सेकेन्ड रनरअपको ताजसंगै मोस्ट कन्फिडेन्टको उपाधी समते सरस्वती धवन्जाले जितेकी छिन् । थर्ड रनरअपको ताजसंगै बेस्ट ट्यालेन्टको उपाधीपनि रिना सोनारले जितेकी छिन् ।
beautician nepal 2016 winner kamala adhikari (13)आज चैत २२ गते सोमबार राजधानीको जमलस्थित नाचघरमा भएको फाइनलमा क्रमश सबटाइटलहरु बेस्ट फोटोजेनिकमा सुरेशा अधिकारीले जित हात पारेकी छिन् । बेस्ट फोटोजेकि छनौट गर्ने काम भने अफिसियल फोटोग्राफर विशाल राईले गरेका थिए । त्यस्तै बेस्ट क्याटवाक करिस्मा तामाङ, बेस्ट पर्सनालिटि सिम्रन परियार, बेस्ट स्माइल रमा सिंह ठकुरी, बेस्ट डिसिप्लेन ममती राई, बेस्ट स्कीन प्रतिमा ठकुरी, बेस्ट हेयर सरिता थापामगर, मोस्ट चार्मिङ सजना राई, मोस्ट इनोसेन्ट प्रतिमा डंगोल, मोस्ट ब्युटिफुल बिस्मिल्ला लामा, मोस्ट स्मार्ट लामिन तामाङ, मोस्ट फ्रेण्डल्लि निरा चन्द, मोस्ट एक्टिभ रविना श्रेष्ठ, मोस्ट स्टाइलिस निमा शेर्पा, मोस्ट पंचुअल यम कुमारी, मोस्ट बब्लि इन्दु परियार, मोस्ट इनरजेटिक प्रतिक्षा विस्ट, मोस्ट हेलफुल मन्दिरा मगर, ब्युटि विथ पर्पोज सृजना चापागाइ, बेस्ट कम्प्लेसन सरस्वति खड्का, बेस्ट फिगर संगिता राई र बेस्ट ड्रेस रमा सिंह ठकुरीले सबटाइटल बिधामा जित हात पारेका छन् ।
beautician nepal 2016 winner kamala adhikari (8)एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘ब्युटिसियन नेपाल–२०१६’ को निर्णायक मण्डलमा कोरियोग्राफर मोडल कला सुब्बा, पत्रकार अशोकप्यासि राई, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर र पत्रकार सुर्य चन्द रहेका थिए । विनर तथा सबटाइटल बिजेताहरुलाई यस प्रतियोगिताको अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष तथा इभेन्ट म्यानेजर कमल खतिवडा निर्णायकहरु तथा विशाल चौतारीका सम्पादक विशाल राई लगायतको हातबाट ताज र ट्रफि प्रदान गरिएको थियो ।
tayahangma rai porfomention beautician nepal 2016 (3)त्यस्तै ‘ब्युटिसियन नेपाल–२०१६’ को फाइनल कार्यक्रममा गायिका तायाहाङमा राईले ‘हरेक दिन’ र बाझो पर्‍यो की साल्टि हजुर बोलको गीत गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएकी थिइन् । उता गायक रुकमान लिम्बुले पनि आफ्नो आउन लागेको एल्बमको गीत गाए । त्यस्तै मोडल निशा पोमाले कार्यक्रमको अन्तिम भागमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाएकी थिइन् ।

beautician nepal 2016 winner kamala adhikari (2)

beautician nepal 2016 winner kamala adhikari (14)

beautician nepal 2016 winner kamala adhikari (19)

beautician nepal 2016 winner kamala adhikari (18)

beautician nepal 2016 winner kamala adhikari (17)

beautician nepal 2016 winner kamala adhikari (16)

beautician nepal 2016 winner kamala adhikari (12)

beautician nepal 2016 winner kamala adhikari (11)

beautician nepal 2016 winner kamala adhikari (10)

beautician nepal 2016 winner kamala adhikari (9)

beautician nepal 2016 winner kamala adhikari (7)

beautician nepal 2016 winner kamala adhikari (6)

tayahangma rai porfomention beautician nepal 2016 (1)

beautician nepal 2016 winner kamala adhikari (1)

प्रतिक्रिया