Bisal Chautari Logo

आर्यनको एक्सन र मरिष्कासंगको रोमान्सले भरिपुर्ण ‘के म तिम्रो होइन र’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २१ चैत्र २०७२, आईतवार १६:३० मा प्रकाशित


Aaryan Adhikari and Mariska Pokharel Movie KE MA TIMRO HOINA RA
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २१ आइतबार । वर्ष ०७३ को अत्याधिक आसामा रहेको चलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नव अभिनेता आर्यन अभिकारीको एक्सन र नव अभिनेत्री मरिष्का पोखरेलसंगको रोमान्सले भरिपुर्ण ‘के म तिम्रो होइन र’ को ट्रेलर धेरै राम्रो बनेको छ ।
Aaryan Adhikari and Mariska Pokharel Movie KE MA TIMRO HOINA RAचलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर र २ गीत पत्रकारमाझ सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको एक्सनले भरिएको ट्रेलर र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा निर्देशक आकाश अधिकारीले रोमान्स, प्रेम र एक्सनलाई स्थान दिएका छन् । साहिल खानले यो चलचित्रको ट्रेलर तयार पारेका हुन्, भने ट्रेलर सार्वजनिक भएसंगै नव अभिनेता आर्यनको चर्चा पनि चुलिएको छ । ट्रेलरमा आर्यनलाई एक्सन अवतार देख्न सकिन्छ ।
अधिकारी ब्रदर्स पिक्चर्स प्रालिको प्रस्तुती र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो चलचित्रमा कथा तथा निर्देशन आकाश अधिकारीको छ । चलचित्रबाट आर्यन अधिकारी र मरिष्का पोख्रेलले रजतपटमा डेब्यू गर्दैछन् । यी दुइको कामबाट निर्देशक आकाश अधिकारी ढुक्क र खुशी देखिए । ट्रेलर हेरेपछि नायक आर्यन अधिकारीको एक्सनको उपस्थित पत्रकार, कलाकारले खुलेरै तारिफ गरे । आर्यनको चलचित्र क्षेत्रमा राम्रो भविष्य देखिएको उपस्थित पत्रकार र चलचित्रकर्मीले बताएका थिए ।
Aaryan Adhikari and Mariska Pokharel Movie KE MA TIMRO HOINA RA (1)कार्यक्रममा चलचित्रको अडियो एल्बम पनि बिमोचन गरिएको थियो । बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रका गीतमा डाक्टर कृष्णहरी बराल, सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छ । चलचित्रमा उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज छ ।
Aaryan Adhikari and Mariska Pokharel Movie KE MA TIMRO HOINA RA (2)सुरेश अधिकारीको लगानी रहेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्यााल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय छ । चलचित्रमा पटकथा तथा संवाद यम थापाको छ भने नवराजकृष्ण थापाले चलचित्र खिचेका हुन् ।
हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको कोरियोग्राफी, दिनेश गैडा र राजु पेन्टरको कला, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा प्रोडक्शन डिजाइनर सुरज आचार्य, प्रोडक्शन म्यानेजर दीलिप पन्त, पोस्टर डिजाइन सान थापा र विजय बस्यालको छ । यो चलचित्र वैशाख ३१ गतेबाट प्रदर्शनमा आउादैछ ।
कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले आफ्नो प्रतिस्पर्धा आफ्नै चलचित्रसाग भएको बताए । उनले चलचित्रको टाइटल दिएकोमा गीतकार डाक्टर कृष्णहरी बराललाई धन्यवाद पनि दिए । यस्तै, नव–नायक आर्यन अधिकारीले चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको भन्र्द दर्शकले रुचाउने विश्वास व्यक्त गरे । नव–नायिका मरिष्का पोख्रेलले पनि आफ्नै संझेर चलचित्रमा काम गरेको बताए । निर्माता सुरेश अधिकारीले राम्रो चलचित्र मेकिङ गर्न आफू निर्माणमा होमिएको बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमा राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नायिका स्वेता खड्का लगायतले शुभकामना दिएका थिए ।

New Nepali Movie KE MA TIMRO HOINA RA Trailer 2016 Ft. Aaryan Adhikari, Mariska Pokharel

Adhikari Brothers Pictures Presents!
A Film by Akash Adhikari
New Nepali Movie: KE MA TIMRO HAINARA
Releasing On Baishak 31, May 13
Starring: Aaryan Adhikari, Mariska Pokharel
Music: Basanta Sapkota, Tara Prakash Limbu
Lyrics: Krishna haru Baral, Akash Adhikari, Sunder Shrestha
Background Score: Alish Karki
Choreographers: Basanta Shrestha, Renesha Bantawa Rai
Action: Himal KC
Production Designer: Suraj Acharya
Screen Play Dialogue: Yam Thapa
Distribution: Gopal Kyastha, Gobind Shahi & FD Company
Co-Producers: Sanjaya Bhatta, Sunil Adhikari
Editor: Arjun KC, Bhupendra Adhikari
DOP: Nawaraj Krishna Thapa
Producer: Suresh Adhikari
Director: Akash Adhikari

प्रतिक्रिया