Bisal Chautari Logo

३१ प्रतिस्पर्धिलाई उछिन्दै छिरिङ बनिन् मिस लिटिल आईडल २०१३ (फोटो फिचर सहित)

- २७ श्रावण २०७०, आईतवार १३:३२ मा प्रकाशित


२७, साउन, काठमाडौ । 
मिस लिटिल आईडल २०१३ आफ्ना ३२ प्रतिस्पर्धिहरुलाई उछिन्दै छिरिङ दिकि लामाले उपाधि चुमेकि छिन् । लामाले निर्णयक मण्डलका प्रमुख वरिष्ठ संगितकार शम्भुजित बासकोटाले सोधेको ‘बालबालिका भविश्यको कर्णधार भनिन्छ, यो भनाईसंग तपाई कत्तिको सहमत हुनुहुन्छ ? भन्ने प्रश्नमा सबैभन्दा उत्कृष्ठ उत्तर दिई उपाधि चुमेकि थिईन् । उपाधि जितेसंगै छिरिङले ताज सहित २० हजार रुपैया पैसा, लगायत अन्य गिफ्ट ह्राम्परहरु पाएकि छिन् ।

छिरिङ दिकि लामाले मिस लिटिल आईडलको उपाधि चुम्दा, निभा थापाले फस्ट रनरअपको उपाधि आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअप थापाले फस्ट रनरअपसंगै बेस्ट ट्यालेन्टको उपाधिपनि आफ्नो पोल्टामा पारिन् । उनले उपाधिसंगै ताज, १० हजार रुपैया सहित अन्य गिफ्ट ह्याम्परहरु पाएकि छिन् । त्यस्तै प्रणिता ओडारीले सेकेन्ड अनरअपको उपाधिसंगै ताज, ५ हजार रुपैया सहित अन्य गिफ्ट ह्याम्परहरु जितेकी छिन् ।
एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस लिटिल आइडल २०१३ उपत्यकाका २० विद्यालयका ३३ बालिका प्रतियोगीताको अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जस मध्ये मिस फङचुअल लिजा कटुवाल, मिस फ्रेन्डशिप प्रजिना सुवेदि, फोटोजेनिक आयुस्मा कायस्त, डिसिप्लेन सुनयना दाहाललले उपाधि चुमेका थिए । प्रतियोगिताको निर्णयकहरु, शम्भुजित बासकोटा, अभिनेत्री ऋिचा शर्मा, मिस मंगोल २०१२ मुस्कान लिम्भु लगायत थिए । प्रतियोगितामा साङ्गितिक कार्यक्रमपनि प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया