rajesh payal rai and rekha thaha Arko Juni song Movie RAMPYARI
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १८ बिहिबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राई र नेपाली चलचित्र क्षेत्रका नम्बर एक अभिनेत्री रेखा थापा पुराना साथी हुन् । तर हिजो काठमाडौको अन्नपुर्ण होटलमा आयोजिक एक कार्यक्रममा भने राजेश पायलले ‘रामप्यारी’ रेखालाई ‘यही जुनीमा माया गरुनी’ भन्दै हात समातेपछी माहोल तातेको छ ।
प्रसंग थियो भर्खरै भारतमा सम्पन्न १२ औ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेतालाई ‘हामी उठ्ने छौँ’ अभियानेले सम्मान गरेको भव्य कार्यक्रमको । चैत २६ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘रामप्यरी’को ‘अर्को जुनि कुन्नि’ बोलको गीत गायक राजेशपायल र अभिनत्री रेखाले एकसाथ गाएका थिए । राजेशपायलले अभिनेत्री रेखालाई गीत गाउन स्टेजमा बोलाएपछी एकाएक तातेको माहोल, प्रस्तुती दिन थालेपछी सम्मानित खेलाडीदेखी, सबै सेलिव्रेटिहरु झुमेका थिए ।
अभिनेत्री रेखाले संगीत गरेको ‘अर्को जुनी कुन्नी’ बोलको गीतमा राजेश र मनिसा पोखरेलको स्वर छ । गायक राजेशले स्टेजमा बोलाउने क्रममा ‘डार्लिङ रेखा’ सम्वोधन गरेर बोलाएका थिए, भने उता रेखा मख्ख थिइन् । स्टेजमा उक्लिसकेपछि रेखाले गायक राजेश पायलको प्रसंसा गर्दै चिर्चित गायक राजेशपायलसँग गीत गाउदा आफू नर्भस हुने गरेको बताइन् । रेखाले भनिन् –‘राई इज किङ’ सग धेरै चोटी डोएट गीत गाएको छु, तर जहिल्यै उहासंग गाउदा म नर्भस हुन्छु ।’
प्रतिक्रिया