Bisal Chautari Logo

दया र दीयाको जोडी ‘वीर विक्रम’ प्रिमियरमा || हङकङमा भव्य प्रिमियर (फोटो फिचरसहित)

- १७ चैत्र २०७२, बुधबार ०९:२९ मा प्रकाशित


Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kong
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १७ बुधबार । नेपालमा भदौ ३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘वीर विक्रम’को भव्य प्रिमियर हङकङमा गरिएको छ । निर्देशक मिलन चाम्सका अनुसार चलचित्र हेरेर दर्शक हाँसे अनी रोए ।
Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kongप्रिमियरमा सहभागी हुनका लागि चलचित्रका मुख्य कलाकार दयाहाङ राई, नायिका दीया पुन, निर्देशक मिलन चाम्स, संचारकर्मी नरेश भट्टराई र ‘हँसिया’ चलचित्रकी मुख्य नायिका हेमा श्रेष्ठ हङकङ पुगेका थिए ।
Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kong (4)हङकङको यूइन लङ थिएटरमा भएको भव्य प्रिमियरमा दर्शकको पनि उल्लेख्य उपस्थिती थियो । संचारकर्मी नरेश भट्टराइले कलाकार र दर्शकसँग चलचित्रको बारेमा कुरा गरेका थिए । कार्यक्रममा मुख्य कलाकार दयाहाङ राइलाई देख्दा दर्शकका उत्साह थपिएको थियो ।
Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kong (2)निर्देशक मिलन चाम्सले आफ्नो टार्गेट छोएकोमा खुशी व्यक्त गरे । उनले चलचित्रबाट शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको पनि बताए । चलचित्रमा अनुपविक्रम शाही, अर्पण थापा पनि मुख्य भूमिकामा छन् । अब, यो चलचित्रको प्रियिमर लण्डनमा पनि गरिनेछ ।

Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kong (1)

Dayahang Rai & Diya Pun Bir Bikram movie premier hong kong (3)

प्रतिक्रिया