Bisal Chautari Logo

तेस्रो लिंगी धरानमा क्याटवाक गर्दै भेदभाव अन्त्य गराउन माग

- ३१ बैशाख २०७१, बुधबार ०५:४४ मा प्रकाशित


tesro-lingi-catwak
धरान २०७१ बैशाख, ३१ बुधवार ।  हाम्रो समाजमा पछिल्लो समय तेस्रो लिंगीहरु रहेक कुरामा सकृय रुपले लागिरहेका छन् । यस्तै क्रममा फेशनको शहर भनेर चिनिने धरानको सैनिक भवनमा सोमबार साँझ फेशन सोलाई उनीहरुले बेग्लै माहौल बनाइदिए ।
माहौल फेशनकै भएपनि केही असहज र केही असामान्य अनुभूति गरिरहे दर्शकहरु । थुप्रै फेशन शोहरु देखिसकेका धराने फेशनप्रेमीहरु त्यो साँझ केही नयाँ अनुभव गर्दै थिए । निलहिरा समाज सुनसरीले यो अनुभव गर्ने बातावरण जुटाईदिएको हो । समाजले सैनिक भवनभित्र खचाखच दर्शहरुका अघिको र्‍याम्पमा तेस्रो लिंगीहरुको ट्यालेण्ट तथा फेशन शो आयोजना गरेको थियो ।
पूर्वाञ्चलका एक दर्जन तेस्रो लिंगी मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । उनीहरुले विभिन्न सिक्वेन्समा क्याटवाक गरेका थिए । पुर्वाञ्चलका चचिर्त तेस्रो लिंगी मोडलहरु सुहानी राजधामी, कुमारी परियार, वचन राई, विलासा चौधरी, विपाशा राई, लिजा सुब्बा, गुञ्जन लामा, अनुसा लामा, रेजल विक, शवनम राई, सिम्रन चौधरी र निशा राईले विभिन्न सिक्वेन्समा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुले साडी, समर र गाउन सिक्वेन्समा क्याटवाक गरे । कार्यक्रममा दिपिका राई, सल्मा वेगम, खुशी राई र अवन्तिका घर्ती मगरले नृत्य प्रस्तुत गरे । कार्यक्रमको नारा ‘लैंगिक तथा यौनिक अल्पसंख्यकमाथि हुने भेदभाव र दुव्र्यवहारलाई अन्त्य गरौं’ भन्ने थियो । आफ्नो हक अधिकारका लागि चेतनशील बन्दै गएका तेस्रो लिंगीहरुले यस कार्यक्रमको बहानामा राज्यलाई आफ्ना माग र धारणाहरु पनि पस्काउन भ्याए । तेस्रो लिंगीलाई लाञ्छना नलगाऊ, भेदभाव नगरौं भनेर भाषण गर्नुभन्दा उनीहरुकै प्रतिभा प्रदर्शन गर्दा प्रभावकारी हुने भएकाले कार्यक्रम आयोजना गरिएको लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघका केन्द्रिय उपाध्यक्ष सञ्जय शर्माले बताए । सुनसरीमा साढे १० हजारको हाराहारीमा तेस्रो लिंगी रहेको शर्माले बताए ।

प्रतिक्रिया