Bisal Chautari Logo

अख्तियारद्धरा नेपाल टेलिकमका ५ इन्जिनियरलाई भ्रष्टाचारमा मुद्धा दायर

- २८ श्रावण २०७०, सोमबार १६:०९ मा प्रकाशित


२८ साउन, काठमाडौं । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका ५ इन्जिनियर विरुद्ध एयर कण्डिसन (एसी) खरीदमा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले ५ करोड ११ लाख ८० हजार ६ सय ७० रुपैयाँ ९० पैसा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर राजेन्द्र महर्जन, रामनरेश सिंह कुंवर, अनिल कुमार आचार्य, असिस्टेन्ट इन्जिनियर पदमा कार्यरत श्रीकृष्ण भुजेल र भाइकृष्ण महर्जनविरुघ मुद्धा दायर गरेको हो । उनीहरुलाई पक्राऊ गरी कारवाही चलाउन माग गरिएको छ । एसी निर्यात गर्ने आकृति इन्टरनेशनका एक नेपाली र एक भारतीयसमेत अख्तियारमा तानिएका छन् ।
नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम) लाई ४० किलोवाट एसी र त्यसमा प्रयोग हुने आर ४१० ए ग्यास आपूतिर्मा अनियमिता भएको अख्तियारको आरोप छ । आर ४१० ए ग्यास र सो संग कम्पाटेवल एसी को सट्टा ए २२ ग्यास र सोसँग कम्पाटेवल एसी आपूति र्गरी स्पेसिफिकेसनमा भए बमोजिमकै मालसामान आपूति र्गरेको भनी गतल प्रतिवेदन बुझाई दूर सञ्चार कम्पनीलाई ५ करोड ११ लाख ८० हजार ६ सय ७० रुपैयाँ ९० पैसा सरकारी रकम हानी पुर्‍याएको अख्तियारको आरोप छ ।
सम्झौता विपरीतको मालसामान आपूति र्गर्ने चिनियाँ कम्पनीको नेपालस्थित स्थानीय प्रतिनिधि आकृति इन्टरनेशनल अध्यक्ष नवराज राउत र जनरल मेनेजर भारतीय नागरिक पंकज कुमार वान्थियाविरुद्य पनि मुद्धा दायर भएको छ ।

प्रतिक्रिया