Bisal Chautari Logo

बिग बोसको सातौ संस्करणमा मनिषा सहित बाबा रामदेव र पुनम पाण्डे

- २८ श्रावण २०७०, सोमबार १६:२९ मा प्रकाशित


अभिनेता सलमान खानले संचालन गर्ने लोकप्रिय रियालिटी टेलिभिजन शो को सातौँ संस्करणमा नेपाली, बलिउड अभिनेत्री मनिषा कोइरालाले भाग लिने समाचार भारतिय संञ्चार माध्ययममा सार्वजनिक भएको छ । विभिन्न भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस सेभेनमा सहभागी हुने प्रतिस्पर्धीमा मनिषा त छन् नै अरु केही चचिर्त पात्रहरु पनि छन् । जसमा बाबा रामदेव तथा पुनम पाण्डे समेत हुनेछन् ।

बिग बोसको सातौँ संस्करणमा क्रिकेटर युवराज सिंह, हरभजन सिंह समेतले प्रतिस्पर्धा गर्ने बताइएको छ । साथै सुरज पञ्चोली, धर्मेन्द्र, पुजा मलिक, अमिषा पटेल लगायत पनि बिग बोसको घरमा छिर्ने समाचार सार्वजनिक भएको छ । तथापि हरभजन सिंहले भने ट्वीटर मार्फत आफु बिग बोसमा सहभागी हुन लागेको समाचार सत्य नभएको बताएका छन् । बिगबोसमा उल्लेखित नामहरु सहभागी हुने पक्का भएको विभिन्न भारतीय संचार माध्यमहरुले जनाएका भएपनि बिग बोसको आधिकारिक वेबसाइटमा भने यसबारेमा केहीपनि उल्लेख गरिएको छैन । तरपनि बिग बोसको प्रोमो भने सार्वजनिक भैसकेको छ । एजेन्सिको सहयोगमा

प्रतिक्रिया