Bisal Chautari Logo

यौन सम्पर्क गर्दा चर्को स्वर निकाल्दा अदालत पुगे ३१ वर्षीय वाकर

- २८ श्रावण २०७०, सोमबार १८:४४ मा प्रकाशित


उत्तरपूर्वी बेलायती शहर मिडल्सवर्गकी ३१ वर्षीय जेमा वाकरलाई यौनसम्बन्धका क्रममा ठूलो आवाज निकालेको तथा छानामा बसेर चर्को स्वरमा संगीत सुनेको अभियोगमा अदालतले १ हजार ३ सय पाउन्ड जरिवाना गरेको छ ।

उनलाई छिमेकीलाई बाधा पुर्‍याएकोमा ३ सय पाउन्ड तथा अदालतको अवहेलना गरेकोमा थप १ हजार पाउन्ड जरिवाना गरिएको थियो। छिमेकीको गुनासोमा उनले ध्यान नदिएपछि समस्या प्रहरीसम्म पुगेको थियो। यसअघि गत सेप्टेम्बरमा अदालतले दिएको चेतावनी उनले तीन महिनाभित्र छ पटक भंग गरेकी थिइन् । टेसाइड मजिस्ट्रेट कोर्टमा छिमेकी इयान र सुसान निकोल्सले जेमाको घरबाट निकै ठूलो स्वरमा यौनसम्पर्क गरेको आवाज आउने बयान दिएका थिए ।

प्रतिक्रिया