Bisal Chautari Logo

विश्वकप ट्रफि नेपालमा पहिलो पल्ट भित्रिदै

- २९ श्रावण २०७०, मंगलवार ०४:२४ मा प्रकाशित


काडमाडौ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ । उक्त ट्रफी पुस ६ गते नेपाल ल्याइपुर्‍याइँदै छ । विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै दर्शन पाउने अवसर जुरेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफि  नेपाल ल्याउने चाँजो मिलाएको हो । विश्वकप विजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन् । फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप बिजेता कप्तान लोथर म्याथ्युजले  ट्रफी बोकेर आउनसक्ने स्रोतले जनाएको छ । ट्रफी बंगलादेश हुँदै भुटानवाट नेपाल आउने बंगलादेशी न्यूज पोर्टल द डेली स्टार डटनेटले जनाएको आजको नागरिकमा खबर छ ।
ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यण्ड लगिनेछ । यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिनेछ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया