Bisal Chautari Logo

पहिरोमा परिएर रामेछापमा एकै परिवारका ३ सहित सातको मृत्यु

- २९ श्रावण २०७०, मंगलवार ०५:०४ मा प्रकाशित


रामेछाप – अविरल वर्षाका कारण गए राती गएको पहिरोमा पुरिएर रामेछापको खिम्तीमा ७ जनाको मृत्यु भएको छ । स्थानिय सेना र प्रहरीको टोलीले मृतकका शव पुरिएको अवस्थाबाट बाहिर निकालेका छन् । निकालिएका मध्ये ६ जनाको सनाखत भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा खिम्ती–४ का एकै परिवारका ३ जना छन् । ५५ वर्षीय मिठो थापा, उनका १३ वर्षीय छोरा केदार थापा, २३ वर्षय छोरी स्वास्थानी थापाको मृत्यु भएको हो । खिम्ति–३ की १३ वर्षीय सीता सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ । यसैगरी रसनालु गाविस–१ खोला खर्कका ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी श्रीमती बाटुलीमाया तामाङ र आमा पर्ने एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकै परिवारका १२ वर्षीय ढल्क तामाङ बेपत्ता छन् । पहिरोमा पुरिएर ५ जना अझै हराइरहेका प्रहरीले जनाएको छन् । पहिरोमा परी घाइते भएका ३ जनालाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ । घाइतेहरु महिमाला तामाङ, आइमाला तामाङ, हेमबहादुर तामाङलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अवरिल वर्षकाका कारण खिम्ती खहरेमा गएको बाढीले पुल बगाउँदा सदरमुकाम जोड्ने सडक सम्पर्क विच्छेद भएको छ । पहिरो गएको स्थान जिल्ला सदरमुकाम मन्थलीदेखि १६ किलोमिटर उत्तरतर्फ पर्छ ।

प्रतिक्रिया