Bisal Chautari Logo

कमब्याक हुदै छिन् बलिउड अभिनेत्री ऐश्वर्या

- २९ श्रावण २०७०, मंगलवार ०५:२८ मा प्रकाशित


मुम्बई । चर्चित बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या राय बच्चनको ‘कम्ब्याक’ हुने नै भएकि छिन् । केही महिनायता ऐश्वर्याको फिल्मी उद्योगमा ‘कम्ब्याक’ को हल्लाले बलिउडमा तताउँदै आएको थियो तर पुष्टि भएको थिएन । केवल ‘कम्ब्याक हल्ला’ अड्कलबाजी मात्रै थियो । यसैबेला यस्तो समाचार आएको छ, ‘ऐश्वर्या फिल्म ‘मासुम’मार्फत अभिनयमा कम्ब्याक हुँदै छिन् ।’ उक्त समाचारलाई ऐश्वर्याले पनि पुष्टि गरेकी छन् ।

 ‘हो अब पुन: सक्रिय हुँदै छु,’ आफ्नो फिल्मी दुनियाँमा कम्ब्याक नभएर निरन्तरता भन्दै ऐश्वर्याले भनेकी छन्, ‘फेरि अभिनयलाई निरन्तरता दिँदै छु ।’ वास्तवमा ऐश्वर्याको यो तीन वर्षपछिको पुनरागमन हो । ऐश्वर्याले अनिभय गर्ने पक्का भएको ‘मासुम’ सन् १९८३ मा प्रदशिर्त फिल्म ‘मासुम’ को रिमेक हो । यसअघि ऐश्वर्या निर्माता सञ्जयलिला भन्सालीको फिल्म ‘रामलिला’ मा आइटम डान्स गरेर कम्ब्याक हुँदै छिन् भनिएको थियो । तर, ऐश्वर्याले ‘रामलिला’ मा आइटम डान्स गर्दैछिन् भन्ने कुरालाई पुष्टि गरेकी छर्रैनन् । उनले फिल्म ‘मासुम’ बारे मुख खोलेकी भए पनि ‘आइटम डान्स’ को विषयमा केही बोलेकी छैनन् । तर, भन्सालीनिकट स्रोतका अनुसार ऐश्वर्या ‘रामलिला’ मा आइटम नम्बरमा देखिनेछिन् ।  अभिनेता अभिषेक बच्चनसँगै वैवाहिक जीवनमा बाँधिएपछि ऐश्वर्याको अभिनय पातलिएको थियो भने आमा बन्ने भएपछि त ‘ब्रेक’ नै लिइन् । करिब यो तीन वर्षको ‘फिल्मी ब्रेक’ मा पनि ऐश्वर्या चर्चामै रहन सफल भइन् । अहिले ऐश्वर्या १३ महिनाकी छोरीकी आमा भइसकेकी छन् भने आगामी दिनमा फिल्मी करिअरलाई निरन्तरता दिने भएकी छन् । समाचारमा जनाइएअनुसार अहिले फिल्म ‘मासुम’ का लागि हिमेश रेशमियाले ऐश्वर्याको सुविधाका लागि सुटिङ डेट मिलाइरहेका छन् । स्रोत भन्छ, ‘ऐश्वर्याले जतिखेर समय तय गछिनर््, त्यसपछि सुटिङ पनि सुरु हुनेछ ।’ ‘मासुम’को सुटिङ अधिकांश भारतमै हुनेसमेत बताइएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया