Bisal Chautari Logo

अबैध किसिमले राहदानि बनाउने पक्राउ

- २९ श्रावण २०७०, मंगलवार १४:५६ मा प्रकाशित


२९, साउन काठमाडौ । अवैध तरीकाले दोहोरो राहदानी बनाउने दोलखा जिल्ला भेद्पु गाविस–६ बस्ने प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, सूचना संकलन तथा बिश्लेषण महाशाखाबाट खटिएको प्रहरी टोलीको सूचना अनुसार निज थापाले गत २०६८ साल कात्तिक १७ गते ०५७३१७९६ नम्वरको र २०७० साल जेठ २४ गते ०६५३२५०७ नम्वरको छुट्टाछुट्टै राहदानीमा जन्म मिति २०४५ साल असार ९ गते र २०४७ साल असार ९ गते उल्लेख गरी अवैध तरीकाबाट दोहोरो राहदानी बनाएको भन्ने खुल्न आएकोमा निजलाई साउन २४ गते बिदेश जान लागेको अवस्थामा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड गौचरणका प्रहरीले पक्राउ गरेको  थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया