Bisal Chautari Logo

मिनी वर्ल्ड टुरको क्रममा राजेश पायल २३औं पटक हङकङमा

- २९ फाल्गुन २०७२, शनिबार ०८:५९ मा प्रकाशित


rajesh payal rai mega star rai is king hong kong concert
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २९ शनिबार । ‘राई इज किङ’ अर्थात राजेशपायल राई आफ्नो मिनी वर्ल्ड टुर नामक कार्यक्रमको सिलसिलामा मलेसिया, साइप्रस, युके हुदै २३ औ पटक हङकङ पगेका छन । हङकङ एयरपोर्टमा उनलाई नव किरात राई अध्यक्ष रजिन राई, पेन्गुइन राई र गणेश पुमा राईले भव्य स्वागत गरेका छन् ।
rajesh payal rai mega star rai is king hong kong concertकार्यक्रम किरात पुमा राई भवन संग्रहालय निर्माणार्थ आयोजना गरिन लागेको किरात पुमा हङकङका अध्यक्ष पेन्गुइन किरात राईले बताए । मेघा स्टार राजेशपायल राईको यो हङकङ यात्रा २३ औं पटक हो भने यतिका पटक हङकङ आजसम्म कोही कलाकार आएका छैनन् । कार्यक्रममा दर्शकको जुन गीत सुन्ने चाहना छ ती गीतहरू नै प्रस्तुति रहने पनि राईले बताए । उनले थपे, यतिका धेरै मलाई हङकङमा प्रस्तुतिका लागि सम्झनु भएकोमा आयोजक अनि शुभचिन्तकहरुप्रति सलाम र सदा आभारी रहेको बताए ।

rajesh payal rai mega star rai is king hong kong concert-1नेपालबाट गीता राई, जुना प्रसाईं, परवन राई, राजेश पुमा राई, जीतकर्ण राईको पनि सहभागिता रहने उक्त कार्यक्रमको टिकट अहिले नै बुक भइसकेको र केही भीआईपी सिट खाली रहेको र उक्त सिट पनि १२ तारिखसम्ममा बुक भइसक्ने राईले बताए। कार्यक्रम १३ तारिख हेन्री जी लेउङ कम्युनिटी हल याउमा तेइमा हुादैछ ।

rajesh payal rai mega star rai is king hong kong concert-2

प्रतिक्रिया