Bisal Chautari Logo

मोडल अलिशाले अंकित र दर्पण मध्ये कस्लाई प्रेममा धोका दिइन् ?

- १४ फाल्गुन २०७२, शुक्रबार १५:४६ मा प्रकाशित


alisha rai-Darpan Rai & Ankit Khadka ft Teken Lungeli song 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन १४ शुक्रबार । गायक टेकएन लुङ्गेलीको ‘तिमीले मलाई धोका दियौं प्रिय’ बोलको गीतको म्युजिक भिडियो छायाकन सकिएको छ । लोक पप शैलीको गीतको म्युजिक भिडियो गत सोमबार राजधानी नजिकै गोदावरीमा शुटिङ सम्पन्न भएको छ ।
alisha rai-Darpan Rai & Ankit Khadka ft Teken Lungeli songभुटानमा जन्मी नेपालमा हुर्की अमेरिकामा बसोबास गरिरहेका लुङ्गेली लामो समय देखि नेपाली संगीतमा समर्पित छन् । लुङ्गेलीको यस अघि गीत रेकर्ड भए पनि बजारमा आउन पाएको थिएन । राम्रो म्युजिकक एल्बमको तैयारीमा रहेका उनको यस म्युजिक भिडियोलाई गीतकार तथा मोडेल दर्पण राईले निर्देशन गरेका छन् भने फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेका छन् । लुङ्गेलीको यस गीतलाई गीतकार राजेश अर्यालले लेखेका हुन् भने कुमार दुमी राईले संगीत गरेका छन् ।
alisha rai-Darpan Rai & Ankit Khadka ft Teken Lungeli song -1म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल अलिशा राई, दर्पण राई र थिएटर कलाकार तथा मोडेल अंकित खड्काको अभिनय रहेको छ । गीतको शब्द अनुसार अलिशाले अंकित र दर्पण मध्ये कस्लाई धोका दिइन्, त्यो भने भिडियो सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ?

प्रतिक्रिया