Bisal Chautari Logo

प्रचण्ड नातिनी स्मिता दाहालले गाएको ‘भाग् सानी भाग्’को शिर्ष गीत रिलिज (भिडियोसहित)

- ११ फाल्गुन २०७२, मंगलवार ०८:०१ मा प्रकाशित


Smita Dahal song Bhag Sani Bhag movie Keki Adhikari & Sabin Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ११ मंगलबार । चलचित्र ‘भाग् सानी भाग्’को शिर्ष गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गरिएको गीतलाई नेता पुष्पकमल दाहाल प्रचण्डको नातिनी स्मिता दाहाल र चर्चित गायक दिपक लिम्बुले पाश्र्व स्वर दिएका छन् । सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् ।
Smita Dahal song Bhag Sani Bhag movie Keki Adhikari & Sabin Shresthaहाईवे मा खिचिएको गीत चेतन सापकोटाले संगीत दिएक छन्, भने प्रमोद ढुङ्गानाको शब्द रहेको छ । नवल नेपालको निर्देशन रहेको चलचित्र आउदो चैत्र ५ मा रिलिज हुदैछ । चलचित्रमा संगीतकार सापकोटा र सहदेव गौतमको साथमा विष्णु चापागाईं र विलोल पोखरेलको लगानी छ ।
अहिले चलचित्र ‘भाग् सानी भाग्’ टिम प्रचारको लागी मोफसलमा निस्केको छ । सोमबार काठमाडौंबाट बाहिरिएको टिम मंगलबारबाट पोखरा, बुटवल हुदै चितवन तथा हेटौंडा पुग्नेछ ।

Bhag Sani Bhag भाग सानी भाग Deepak Limbu & Smita Dahal Full Video Movie 2016 Film by Nawal Nepal

Song: Bhag Sani Bhag Title Track
Vocal :Deepak Limbu and Smita Dahal
Lyrics :Pramod Dhungana
Music : Chetan Sapkota
Film : Bhag Sani Bhag

प्रतिक्रिया