Bisal Chautari Logo

राई इज किङले लण्डनको चिसो मौसमलाई तताए, युवतीलाई नचाए

- १० फाल्गुन २०७२, सोमबार १५:३७ मा प्रकाशित


rai is king rajesh payal rai concert in uk 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन १० सोमबार । चर्चित गायक राजेश पायल राई आफ्नो ‘मिनी वल्ड टुर’को क्रममा मलेसिया र साईप्रसको धमाकेदार प्रस्तुती सकेर लण्डनको चिसो मौसमलाई तताएका छन्, भने युवतीहरुलाई नचाएका छन् । फेब्रुवरी २१ तारिखको दिन फार्मबोरग युकेको हलमा भएको भव्य कन्सर्टमा दर्शकहरुको सहभागीता धेरै रहेको थियो ।
rai is king rajesh payal rai concert in uk 2016कार्यक्रम आयोजक बीसी राई र गंगाराज राईलेपनि कार्यक्रम भव्य एवं सभ्य अनि दर्शकको सबैभन्दा बढी सहभागिता देखिएको बताए । हुन पनि राइले २५–३० वटा गीत प्रस्तुत गरेर अचम्मै तुल्याए युकेबासीलाई । के वृद्ध के बालक के टिनेज सबैको मन जिते राईले । उक्त कार्यक्रममा राईले नाई नभन्नु ल ४, नाई नभन्नु ल २, फूलैफूलको मौसम तिमीलाई, बसमा छैन यो मन, शिरै फुल शिरबन्दीलगायतका गीत करिब ३ घण्टा मनोरञ्जन दिलाए । कार्यक्रममा किरात राई यायोक्खाले कार्यक्रमाथि प्रकाश पारेका थिए भने स्थानीय कलाकार किसन राई र दीपक राईको प्रस्तुति पनि जोडदार रह्यो । युकेको साङ्गीतिक कार्यक्रमपछि राई अर्को कार्यक्रमको लागि हङकङ उड्ने छन् ।

rai is king rajesh payal rai concert in uk 2016 (1)

rai is king rajesh payal rai concert in uk 2016 (2)

प्रतिक्रिया