Bisal Chautari Logo

नीताको हातमा चुम्दै आमेषले भने ‘फूलै फूलको मौसम तिमीलाई’ (फोटो फिचरसहित)

- १० फाल्गुन २०७२, सोमबार १४:५८ मा प्रकाशित


Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन १० सोमबार । फागुन २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’का नव–अभिनेता आमेष भण्डारी र अभिनेत्री नीता ढुंगाना सिनेमामा मात्रै नभएर रियल लाइफकापनि जोडी हुन् । यी दुई कलाकार अहिले आफ्नो चलचित्रको प्रचार–प्रसारमा ब्यास्त भइहेका छन् ।
Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilaiसिनेमाका प्रोमोशनकै लागी भनेर आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरिएको थियो । जहा कार्यक्रम निर्धारित समयमा सुरु नभएपनि लामो समय फोटोसुटमै ब्यास्त भए आमेष र नीता । फोटो पत्रकारले खोजिरहेको पोज यी दुई जोडीले दिएपछी क्यामेराहरुपनि धेरै उनीहरुमाझ तेर्सियो । नीताको हातमा चुम्दै आमेष तस्बिर खिचाउन ब्यास्त थिए । हातमा चुम्दै गर्दा आमेशले सिनेमाको प्रचार भनु या मायाप्रेम दर्शाउदै ‘फूलै फूलको मौसम तिमीलाई’ भनिहाले । नीताले पनि आमेषको अंगालोमा वेरिदै क्यामेराको अगाडि पोज दिइन् ।
Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (3)ठिलो सुरु भएको कार्यक्रममा यो चलचित्रको नामका रचयता गीतकार रत्नशमशेर थापालाई सम्मान गरियो । रत्न शमशेर थापाले शब्द कोरेको र स्वर्गिय तारा देवीले आवाज भरेको ‘फूलै फूलको मौसम तिमीलाई’ गीतबाट यो चलचित्रको नाम सापटी लिइएको निर्देशक दीनेश डीसीले बताए ।
Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (2)यो चलचित्रको उद्देश्य सामाजिक सेवामा पनि केन्द्रित भएकाले देशभरका १९ वटा रेडियोले यसको प्रचारमा सहयोग गर्ने जानकारी कार्यक्रमा दिइयो । यो चलचित्रले सुपर पावरको कथालाई उठान गरेको छ ।

Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (7)

Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (6)

Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (5)

Neeta Dhungana & Aamesh Bhandari movie Fulai Fulko Mausam Timilai (4)

प्रतिक्रिया