Bisal Chautari Logo

तेस्रो लिंगी भुमिकामा ‘सकुन्तला’को पहिलो लुकमा राजेस हमालको यस्तो एक्सन

- ९ फाल्गुन २०७२, आईतवार १५:२१ मा प्रकाशित


Rajesh Hamal movie Shakuntala First Look Poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ९ आइतबार । तेस्रो लिंगी पात्रको भूमिकामा देखिएका महा अभिनेता राजेश हमाल अभिनित पछिल्लो चलचित्र ‘सकुन्तला’को पहिलो पोस्टर रिलिज भएको छ । सार्बजनिक पोस्टरमा हमाललाई एक्सन अवतारमा देख्न सकिन्छ ।
Rajesh Hamal movie Shakuntala First Look Posterश्रीप्सन खत्रीको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा राजेस हमालको साथमा अनु शाह, किशोर खतिवडा, विन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठले अभिनय गरेका छन् । दिनेश श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सकुन्तला’मा अभिनेत्री अनु शाह रिपोर्टरको भुमिकामा देखा परेकी छिन् । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ । सस्पेन्स कथामा आधारित यो चलचित्र आगामी जेठ १४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने बताईएको छ ।

Rajesh Hamal movie Shakuntala First Look Poster (1)

प्रतिक्रिया