Bisal Chautari Logo

चर्चामा ‘रामप्यारी’ रेखाको ‘राम’ अवतार

- ७ फाल्गुन २०७२, शुक्रबार ०७:४८ मा प्रकाशित


rekha thapa RAMPYARI movie poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ७ शुक्रबार । वर्ष २०७२को अन्तिम मितीमा रिलिज हुने चर्चित अभिनेत्री रेखा थापाद्धारा अभिनित तथा चलचित्र ‘रामप्यारी’को पहिलो पोस्टर रिलिज गरेसंगै चर्चा चुलिएको छ । हिजो बिहिबार चलचित्रमा रहेको ‘राम’ चरित्रको ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको थियो । सो क्यारेक्टरको पोस्टर अहिले चर्चामा रहेको छ, भने चलचित्र ‘रामप्यारी’को पनि चर्चा अझ बढी चुलिएको छ ।
rekha thapa RAMPYARI movie posterसविर श्रेष्ठले निर्देशन गरेको चलचित्रको पोस्टरमा रेखाले ‘राम’ लेखिएको गेरू वस्त्र र रूद्राक्षको माला लगाएकी छिन्, भने हातमा पनि रूद्राक्षकै माला बोकेकी छन् । यस ‘क्यारेक्टर’ पोस्टरमा उनको कपाल थाइकट छ । पोस्टरको पृष्ठभूमिमा मन्दिर र त्रिशुलधारी भगवान शिव पनि छन् । चलचित्रमा रेखाको दोहोरो भूमिका रहेको छ । चलचित्रमा उनी टेम्पो चालक बनेकी छन् । रेखाका अलावा चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डिसी आदिको अभिनय रहेको छ ।
आगामी चैत्र २६ गतेदेखि नेपालभर एकसाथ रिलिज हुदैगरेको रेखाको ‘रामप्यारी’को यस पोस्टरले उनी फेरी पनि आफ्नो एक्सनको शैलीमा नै रहेको स्पष्ट संकेत गरेकी छन् । ‘रामप्यारी’ले महिलाहरु सबै काम गर्न पुरुष जत्तिकै सक्षम रहेको सन्देश बोकेको अभिनेत्री रेखाले बताएकी छन् ।

rekha thapa RAMPYARI movie poster-1

प्रतिक्रिया